पथरी / मोरङको पथरीशनिश्चरे–७, मा स्थाीत चन्द्रकिरातेश्वर माविमा लिम्बु भाषाको कक्षा सुरु भएको छ । लिम्बु विद्यार्थी मञ्चको पहलमा लिम्बु मातृभाषामा पठनपाठन सुरु गरिएको हो ।
आइतबार नगर प्रमुख दिलिपकुमार राईले विद्यार्थीहरुलाई लिम्बु भाषाको पाठ्यपुस्तक वितरण गरी पठनपाठन सुरु गरेका हुन । राईले मातृभाषामा पठनपाठनको लागि स्थानीय सरकारले सक्दो सहयोग गर्ने बताए । विद्यालयमा निजी स्रोतबाट मातृभाषा शिक्षक पूर्ण चेम्जोङले अध्यापन गराइरहेको विद्यालयका प्रधानाध्यापक हर्कजंग जिमीले जानकारी दिए । विद्यालयले लिम्बु भाषाको पुस्तक उपलब्ध नभएपछि श्री ५ को सरकारको पालाकै पाठ्यपुस्तक अध्ययन अध्यापन गर्दै आएको थियो । मञ्चका अध्यक्ष फिपराज बेघाले विद्यालयले पाठ्यपुस्तकको माग गरेपछि संस्थाले कक्षा १ देखि कक्षा ६ सम्म खरिद गरेर विद्यार्थीहरुलाई वितरण गरेको बताए । पुस्तक लिम्बु विद्यार्थी मञ्च जिल्ला शाखा समिति मोरङले खरिद गरेको थियो । अहिले लिम्बु भाषामा कक्षा १२ सम्मको अध्ययन हुदै आएको छ ।