धरान । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले किरात सभ्यता भएकाले किरातजन्य संघसंस्थाले किरात प्रदेश माग्नु जायज भएको पुनः दोहो¥याएका छन् ।

किरात राई यायोक्खा सुनसरीले धरान–१७ स्थित साकेला पार्कमा गरेको प्राकास स्तरीय साकेला सिली प्रतियोगिताको समापनलाई शनिबार सम्बोधन गर्दै आफू किरातको पक्षमा रहेको उद्घोष गरे । ‘मैले पहिलादेखि नै किरातको पक्षमा बोल्दै आएकै हो ।’ उनले भने ।

उनले प्रदेशको नामाकरणमा पार्टी केन्द्रीय कार्यालयले कुनै पनि खाल्को ह्वीप जारी नर्गनेसमेत उल्लेख गरे । उनले संविधानमै प्रदेशको दुईतिहाई सांसद्ले नामाकरण गर्न सक्ने व्यवस्था गरेकाले संविधान विपरीत आफूहरू जान नसक्ने बताए ।

उनले आफूहरूले १० वर्षे सशस्त्र द्वन्द्व पनि पहिचान र सङ्घीयताकै लागि गरेकाले त्यसको मर्मविपरीत काम नर्गने बताए । उनले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली पनि यसप्रति सकरात्मक रहेको बताए । त्यस्तै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सहमतिका आधारमा प्रदेशको नाम टुङ्ग्याउने उनले बताए ।

उनले मुलुक हाक्ने केपी ओली र प्रचण्ड पनि यस विषयमा सकरात्मक बन्न आवश्यक रहेको बताए । किराया सुनसरीले सुनसरीका विभिन्न स्थानमा १५ दिनसम्म उभौली मनाएको हो । प्राकास स्तरीय साकेला सिली प्रतियोगितासमेत सम्पन्न भएको छ ।