उर्लाबारी । शनिबार उर्लाबारीमा २५६३ औं वुद्ध जयन्ती विविध कार्यक्रमको साथ उर्लाबारीमा मनाइएको छ । उर्लाबारीको वडा नं. ५ मा झुम्रामा नेपाल मगर संघ,नेपाल वौद्ध गुम्वा, चैतन्य गुम्वा विहार र नेपाल तमु संघको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
सो संघका उर्लाबारीका अध्यक्ष टेकबहादुर मगरको अध्यक्षता तथा उर्लाबारी नगरपालीकाका मेयर फागो प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा मेयर फागोले नगरपालीकाले सवै जाती तथा समुदाय सग“ समान व्यवहार सगै“ पिछडीएका वर्गहरुको उत्थानका लागि विशेष कार्य गर्ने बताएका छन । साथै मेयर फागोले बुद्धको उपदेश सबैले अनुशरण मात्र गर्न सके समुदायमा सकारात्मक प्रभाव पर्ने बताउदै“ सकेसम्म अनुशरण गर्न आग्रह गरेका छन ।
कार्यक्रममा अन्तर्राष्ट्रिय तामाङ परिषद्का पूर्व केन्द्रीय अध्यक्ष महेन्द्रजंग तामाङ बुद्ध बिहार उर्लाबारीका अध्यक्ष गोवद्र्धन शाक्य लगायतका वक्ताले बुद्ध जयन्ती तथा उपदेशका बारेमा मन्तव्य व्यक्त गरेका छन । सोही अवसरमा समाजमा बिशेष योगदान पुर्याउने विभिन्न ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम सवै समुदायले आआफनो संस्कृति झल्कीने पोशाक लगाउनुका साथै सास्कृतिक कार्यक्रम गरी मनोरञ्जन गराईको थियो ।