बेलबारी / नेपाल आदिवासी जनजाति महासंघ बेलबारीको आयोजनामा चार दिने किरात लिपीको बारेमा प्रशिक्षण कार्यक्रम बुधवार देखि शुरु भएको छ ।
बेलबारीमा रहेका पाँचवटा जाति राई,लिम्बू,याक्खा,सुनुवार र धिमाल जातिले आफ्नो लिपीको रुपमा प्रयोग गर्दै आएको लिपीको बारेमा प्रशिक्षण दिइएको हो । किरात लिपीलाई लिम्बु समुदायले श्रीजंगा लिपी पनि भन्दै आएका छन् । उक्त लिपीको संरक्षण र विकासका साथ साथै प्रयोगमा ल्याउन उक्त लिपीको प्रशिक्षण दिइएको नेपाल आदिवासी जनजाति महासंघ बेलबारीका अध्यक्ष तिलकप्रसाद राईले बताए । कार्यक्रममा पाँचवटा जातिका ५० जनाको सहभागिता रहेको छ । कार्यक्रममा स्थानीय चन्द्रकुमारी लिम्बूले सहजीकरण गरिरहेको छ । कार्यक्रम आयोजक समितिका अध्यक्ष कविन्द्र धिमालको अध्यक्षतामा भएको थियो ।