चतरा/ नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय समिति वराहक्षेत्रले आदिवासी समुदायको व्यक्तित्व र नेतृत्व विकासका लागि ५ दिने उद्घोषण प्रशिक्षण कार्यक्रम शुरु गरेको छ ।
चक्रघट्टीस्थित महासङ्घको कार्यालयमा प्रशिक्षक गोपाल देवानले शनिबारदेखि उद्घोषण कलासम्बन्धी प्रशिक्षण दिइरहेको महासङ्घ वराहक्षेत्रका अध्यक्ष सन्तकुमार राईले जानकारी दिए ।
प्रशिक्षणमा वराहक्षेत्रका ३५ जना सहभागी छन् ।
औपचारिक कार्यक्रमको उद्घाटन वराहक्षेत्र नगरपालिकाकी उपप्रमुख कमला मगरले गरेकी थिइन् । वराहक्षेत्र नगरपालिकाको सहयोगमा महासङ्घ वराहक्षेत्रले कार्यक्रमको आयोजना गरेको हो ।