भद्रपुर । नेपालका विभिन्न जातीमध्ये कुलुुङ् जाती विचौलियाका कारण सुचिकृत हुननसकेको आरोप लगाएका छन् । नेपाल किराँत कुलुङ् भाषा संस्कृति उत्थान सङ्घ झापाले शुक्रबार हल्दीबारी गाउँपालिकाकमा आयोजना गरेको चौथो जिल्ला अधिवेशनमा यस्तो बताएका हुन् ।
देशमा लोकतन्त्र संस्थागत भइरहेपनि एकात्मक सत्ता कै आभास भइरहेको उनिहरुले गुनासो गरेका छन् । इतिहास बोकेको किराँती मुलको एक आदिवासी भएपनि राइसँग जोडेर उपजाति बनाएको प्रति असन्तुष्ट जनाएका थिए । लोपोन्मुख जातिलाइ राज्यले पछाडि पारेकोले कुलुङ्लाइ सुचिकृत गराउन आन्दोलन गरिरहेको वक्ताहरुले जनाएका थिए । कुलुङ्को उद्गमस्थल सोलुखम्बुको माहकुलुङ भन्ने स्थान हुदै सङ्खुवासभा,भोजपुर, इलाम, झापा,मोरङ्, सुनसरी लगायतका २२ जिल्लामा छरिएर रहेको उत्थान सङ्घका केन्द्रीय अध्यक्ष चन्द्रसिं कुलुङ्ले बताए ।
नेपालमा मात्र नभइ भारत, भुटान,हङकङ,बेलायत,सिङ्गापुर,मलेसिया,कोरिया लगायतका देशमा बसोवास रहेको उनले जनाए । वि.सं.२०६८ को जनगणना अनुसार २८ हजार ६ सय १३ र मातृभाषीहरुको सङ्ख्या ३३ हजार १ सय ७० देखाइएको उनको भनाइ छ । राइबाट अलग गर्ने हो भने अढाइलाख भन्दामाथि यो जाति हुनसक्ने अनुमान गरिएको उनको दाबी छ । त्यसैगरि सङ्घले विभिन्न साङ्गित कार्यक्रमका साथ साधारणसभा सम्पन्न गरेको थियो । सङ्घका अध्यक्ष छितीज सोनुर कुलुङ्को सभापतित्व तथा हल्दीबारी गाउँपालिका उपाध्यक्ष डम्बर बहादुर गिरीको प्रमुख आतिथ्यमा सम्पन्न्न भएको थियोे । प्रमुख अतिथी गिरीले गाउँपालिकामा समावेशी समिति निर्माण भइरहेकोले तत्काल सुचिकृत हुन अनुरोध गरेका थिए ।
सामवेशी समितिको उपस्थितीमा बजेट तर्जुमा गरेर उत्पादन मुलक कार्यक्रममा बजेट छुट्टाउने बताए । स्थानीय सरकार भएकोले अन्य दुइतहमा जान आवश्यक नरहेको हुदाँ जात जातिलाइ संरक्षण गर्न जस्तोसुकै सहयोग गरिने उनको भनाइ थियो ।
कार्यक्रममा मोरङ्की कोषाध्यक्ष आरती कुलुङ्ले समग्र कुलुङ् जातिलाइ जुनसुकै कार्यक्रमको लागि भैपरि आउने समस्यालाइ मध्यनजर गरि काठमाण्डौमा २ करोडको लागतमा भवन निर्माण गरिरहेको बताइन् । सरकारले सुनुवाइ नगरेपछि सवै कुलुङ् मिलेर भवन लगायत अन्य भैपरी आउने विषयमा सहयोग रकम उठाउदै आएको उनको भनाइ छ ।
डिगविर कुलुङ् र मोरङ् सचिव जय कुलुङले स्वागत गरेको कार्यक्रममा केन्द्रीय सदस्य गजेन्द्रमणि,प्रेम,वाडसदस्य नेत्र बहादुर गिरी,मोरङ् अध्यक्ष नरबहादुर लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन दिलु कुलुङ्ले गरेका थिए ।
सोही भेलाले आगामी तीन वर्षे कार्यकालका लागि डिगविरको अध्यक्षतामा ११ सदस्य कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा इन्द्र,सचिवमा दिलु,सहसचिव केवल र कोषाध्यक्षमा कमला चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा बिर्ख,धनबहादुर,सरस्वती, कनकराज,हुकुमराज र महेन्द्र कुलुङ् चयन भएको सङ्घले जनाएको छ ।