धनकुटा/ तामाङ जातिभित्रको मोक्तान थरी तामाङहरूको वंशावली निर्माण गर्न जिल्ला तहमा खोज तथा अनुसन्धान गर्न सङ्खुवासभा जिल्लामा पहिलो पटक सङ्गठन निर्माण गरिएको छ ।

मोक्तान वंशावली खोज तथा अनुसन्धान समन्वय समिति प्रदेश नं. १ को आयोजनामा शनिबार सम्पन्न प्रथम जिल्ला भेलाले चन्द्रबहादुर मोक्तानलाई अध्यक्षमा चयन गरेको छ । जिल्ला समन्वय समितिको उपाध्याक्षमा प्रल्हाद मोक्तान, सचिवमा अशोक मोक्तान, सह–सचिवमा सुवास मोक्तान र कोषाध्यक्षमा विष्णुकुमारी मोक्तानलाई चयन गरिएको छ ।

मोक्तान वंशावली खोज तथा अनुसन्धान समन्वय समिति प्रदेश नं. १ का अध्यक्ष शङ्कर मोक्तान तामाङको प्रमुख आतिथ्यमा सम्पन्न प्रथम जिल्ला भेलाले १५ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको हो । समितिका सदस्यहरूमा युजिना मोक्तान, तिलक मोक्तान, रामचन्द्र मोक्तान, ज्ञानबहादुर मोक्तान, काजी मोक्तान, रामबहादुर मोक्तान, सुन्दर मोक्तान र जगतबहादुर मोक्तानलाई चयन गरिएको छ । भेलामा सङ्खुवासभा जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकामा छरिएर रहेका तामाङ जातिभित्रका मोक्तान दाजुभाइ तथा दिदी–बहिनीहरूको उपस्थिति रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष चन्द्रबहादुर मोक्तान तामाङको अध्यक्षतामा सम्पन्न प्रथम भेलाबाट निर्वाचित वंशावली खोज तथा अनुसन्धान जिल्ला समन्वय समितिका पदाधिकारी एवम् सदस्यहरूलाई प्रदेश संयोजक एवम् भेलाका प्रमुख अतिथि शङ्कर मोक्तानले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । सो अवसरमा प्रदेश सल्लाहकारद्वय रामकुमार मोक्तान, नरबहादुर मोक्तान, प्रदेश सदस्य सन्तवीर मोक्तानले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन अशोक मोक्तानले गरेका थिए भने स्वागत मन्तव्य प्रल्हाद मोक्तानले राखेका थिए ।