हिन्दुको चार पवित्र क्षेत्र हरिहर,कुरु,मुक्ति क्षेत्र मध्ये एक अलग्यै धार्मिक ब्रान्डको रुपमा पहिचान बनाएको वराहक्षेत्रलाई अहिले योग केन्द्र सहितको आयुर्वेदिक विश्वविद्यालय तथा पर्यटकीय,सांस्कृतिक र शैक्षिक हब बनाउँने प्रयास चलिरेहेको छ ।
सप्तकोशी नदीमा जेट वोटको सञ्चालन र कुम्भ लगायतको ठूला धार्मिक आयोजना यसै प्रयासको केही उदाहरणको रुपमा लिन सकिन्छ । वराहक्षेत्रको बहुआयामिक विकास र समृद्धिको लागि स्थानिय र प्रदेश सरकारबाट आशा लाग्दा केही प्रतिवद्धता समेत आएका छन् ।
सम्रगमा वराहक्षेत्र अब पछाडी फर्कने भन्दा अगाडी बढ्ने अवस्थामा छ । यस अर्थमा समाजको सम्पूर्ण अंगको सकरात्मक लगानी र रचानात्मक सहयोग अपरिहार्य हुन्छ । थोरै पनि असंतुलनले समाजिक संरचना बिग्रने हो भने त्यसले समाजको विकास र ईज्जतमा नकारात्मक असर पुर्याउँछ ।
समाजको छवि धुम्ल्याउँने त्यस्तै असरहरुमा गैरकानुनी गाँजा लगायत लागु पदार्थ ओसार पसार र तस्करी, किशोर किशोरी तथा युवामा लागु औषधीको सेवन तथा यसको अप्रत्क्षय प्रभावमा फस्दै गएको विद्यार्थी, अहिले नगरपालिकामा सबैको चासोको विषयमा बनेको छ । चिया पसल देखि लिएर कार्यक्रमहरुमा यसको चर्चा चल्ने गरेको छ ।
केही समयम अघि नगरपालिकाको एउटा सामुदायिक विद्यालयमा केही विद्यार्थी गाँजा खांदै गरेको अवस्थामा भेटिए । उनीहरुको साथमा केही मात्रमा बेच्न राखिएको गाँजा समेत पक्राउ गरि प्रहरीले ईलाका पुर्यायो ।
केही समय पछि अभिभावक र विद्यालयको अनुरोधमा उनीहरु छुटेर आए । लगत्तै त्यही विद्यालयका प्रधाअध्यापकले एक जना छात्र लाई बेच्न राखिएको करिब ५० ग्राम तौल भएको गांजा रंगेहात पक्राउ गरे ।
पहिले पनि गाँजा सेवन र बेचबिखन गर्दै अँएका ति विद्यार्थीका अभिभावकले छोरा ले स्कुलमा पढ्नुको साटो गैरकानुनी काम समेत गर्दै छ भन्दा नपत्याएका उनको बुबालाई प्रअले देखाएका पछि उनी छक्क परेका थए ।
त्यसको लगत्तै फेरी पनि केही किशोर युवाहरु गाँजा सेवन गर्दै गर्दा समातिए अनि फेरी उनीहरूले त्यसो नगर्ने भन्दै अभिभावकले छुटाएर लिएर गए । यो प्रतिनिधि घटना मात्र हो जुन प्रत्यक्ष प्रहरीले समाते पछि मत्र प्रकाशमा आएको छ ।
प्रहरीले नपाको नदी किनार,जंगल भाडीमा एकान्त पुरानो घरमा कुना कन्दरामा लागुअाैषध सेवन गर्दै गरेको केटाकेटी लँई भेटाउँने गरेको छ । भने यसको सुरक्षित दोश्रो पाटो विद्यालय बनेको छ ।
जसलाई सजिलै विद्यार्थीले सेवन गर्ने र यसको बिक्रि गर्ने थलो बनाएका छन् । तर लुकिछिपी लागुपदार्थको सेवन र त्यसको बिक्री वितरणमा गर्ने विद्यार्थी अझै हुन सक्ने सम्भावना लाई नकार्न सक्ने अवस्था छैन । यो सामुदायिक मात्र होईन् निजि विद्यालयमा समेत यो समस्या उत्तिकै रहेको छ ।
विद्यार्थीबाट थोरै परिमाणमा समातिने को एक दुई घटनालाई हेर्दा यो समान्य लाग्न सक्छ तर हिजोसम्म तस्करमा सिमित रहेको गाँजा लगायत लागु औषधको प्रयोग र विक्रिवितिरण अहिले किशोर किशोरी छात्र छात्रामा आईपुग्नु निसन्देह नै समाजमा आईपर्ने दिर्घकालिन दुस्परीणाम इंगित गर्छ ।
जुन अन्ततः समाजको लागि घातक सिद्ध हुन्छ , लागु औषधको कुलतमा फस्नु विद्यार्थी को उर्जासिल उमेर र मुल्यवान समयको बर्वादी त हुँदै हो यस भन्दा अगाडी समाजको लागि चाहिने बौद्धिक तथा शारिरीक रुपमा स्वथ्य पुष्ट रचानात्मक नागरिक को साटो दिनहीन दिशाहीन अनुत्पादक समुह मात्र उत्पादन गर्नु हो ।
लागुऔषध मात्र हैन् विद्यार्थी अहिले विद्यालय मै गलत अश्लील हरकत गरेको भेटिन थालेका छन् । जसको प्रमुख श्रोत भनेको उनीहरुलाई सहज उपलब्ध हुने मोबाईल फोन हो । यसको प्रयोग गरेर लागु औषध बिक्री हुन्छ भने मोबाईल भित्र रहने गरेको अश्लील भिडियोले उनीहरु त्यस तर्फ जिज्ञासु बन्दै उनीहरु अन्तमा त्यसको लतमा फस्छन् ।
विद्यालय गएका आफ्नो छोराछोरीले शिक्षा लिदैछन् कि अन्यत्र गलत दिशामा जाूदैछन् यसको हेक्का अभिभावकले राख्नु पर्ने हो तर राखिएको पाइदैन् । उनीहरुलाई मोबाईल दिंदा यसको उचित अनुचित प्रयोग गर्छन् कि यसको खोजीनिति पनि गरिनु पर्छ ।
भने विद्यालयहरुले विद्यार्थीको यसको प्रयोगमा पुर्णत निषेध गरिनु पर्छ , र यस विरुद्ध ठोस कदम चालिनु पर्छ ।
यसले गर्दा पहिलो लागु पदार्थको बेचबिखन गलत हर्कत लाई निरुत्साहित गर्छ भने अर्को तर्फ कक्षाको मुल्यावन समयको सही सदुपयोग हुन्छ । विद्यालयको छलफलमा सहभागी हुन अभिभावक त्यती रुचाइएको पाईदैन् जसले गर्दा विद्यालय र अभिभावक बीच संवाद शुन्यताले समय मै सुधार गरिनुपर्ने कतिपय कुरा अगाडी बढ्न पाउँदैन ।
यता सानो मात्रामा विद्यार्थीबाट पाईने मात्र होईन् ठूलो परिमाणमा बेला बेलमाबाट समातिने गाँजा लगायत लागु औषधीको तस्करहरुलाई घण्टा नबित्दै छुटाउन् जाने प्रवृतिले यस्ता गैर कानुनी अपराधलाई मलजल गरेको छ ।
समाजलाई उन्नती भन्दा अन्धकारमा धकेल्ने यस्ता समाजिक विकृति विरुद्ध प्रहरी लाई स्वतन्त्र कार्यवाही गर्नु दिनु पर्छ ,हैन् भने त्यसले समाज आफैलाई खान्छ । यस्ता कुरा रोक्न समुदाय र प्रहरी आपसी तालमेल रचानात्मक र संतुलित हुनुपर्छ ।
चतराको मात्रै कुरा गर्ने हो भने पनि प्रहरी चौकी हुूदाको समय देखि नै प्रहरीलाई विना अवरोध काम गर्न दिने राजनितक दल, सामाजिक संघसंस्था र वृद्धिजिवी बीच सहमति भएको थियो । तर त्यसको कार्यन्वयनको पाटो भने रत्तीभर छैन ।
अहिले देशमा लागु औषधीको प्रयोग र बेचविखनमा सबैभन्दा बढि काठमान्डौ पछिको दोश्रो नम्बर सुनसरी आउँछ त्यसमा पनि धरान ईटहरी र विराटनगरसँग नजिक रहेको वराहक्षेत्र नगरपालिका यसबाट अछुतो नरहेको सबैलाई थाहा भएको कुरा हो ।
नगरपालिकामा भरी नै यो बढ्दो छ , यस्ता गलत कामको नेटवर्क पनि ठूलो हुन्छ एक्लो प्रयासले मात्र यो रोकिने सम्भव छैन । यसको विरुद्ध सबै राजनितिक दल, संघ संस्था ,बुद्धिजिवि, अभिभावक र स्वयं विद्यार्थी लगायत स्टेकहोल्डरहरु लागि पर्नु पर्छ ।
योे समस्या मेरा होईन् भन्ने उपेक्षा र मौनताको संस्कृतिले अन्तहः अरुलाई खाने बाघले एकदिन आफै लाई खान्छ भन्ने मनन् गर्ने हो , नराम्ररी फैलिएको गाँजा तस्करीको जालो र ट्रान्जिट बनेको नगरपालिकाका विद्यार्थीमा यसको बढ्दो प्रभावलाई रोक्न आजैबाट सबैले पहल कदमी लिनु जरुरी भएको छ ।
समय रहँदै यसलाई नरोक्ने यसको परिणामको भागी र जिम्मेवार हामी स्वंय हुने छौ । स्थानिय सरकार र वडाले समेत यसको संज्ञान लिईनुपर्छ । वराहक्षेत्रमा यस्ता धार्मिक कार्यक्रम मेला पात वर्षदिन भरी नै चलि नै रहन्छ ।
नपामा छिट्टै नै तारक महायज्ञ कुम्भ लगायतको ठूला धार्मिक आयोजना हुन लागेको छ । लाखैंको संख्यामा वराहक्ष्ँेत्र भित्रिने धार्मिक तिर्थालु र पर्यटकहरुको सबैभन्दा ठूलो चासो भनेको सुरक्षाको हुन्छ ।
यसको मध्नजर पनि पर्यटकलाई रात-विरात गनतव्यसम्म सहज र सुरक्षित भएर पुग्नु पर्ने हुनसक्दछ् । यसको लागि समाजले बाटो प्रसस्त गरिनु पर्छ जसको लागि नपाको सरकार लगायत सबै स्टेकहोल्डर अंगले कदम चालिनु पर्ने आवश्यक भईसकेको छ ।