नेपाली काङ्ग्रेसको तेह्रौ महाँधिवेशनको यानेकी शेर वहादुर देउवाको कार्यकालको प्रथम महाँसमिति बैठक मितिः २०७५ साल मंशिर २९ गते देखि जारी छ । काठमाण्डौंमा लगभग १५०० महाँसमिति सदस्यहरुको उपस्थितिमा जारी छ ।
महाँसमितिको प्रमुख एजेण्डाहरु भनेको संघिय लोकतान्त्रिक राज्यको पुर्नसंरचना र सामाजिक न्यायको लागि समानुपातिक समावेशिताको आधारमा पार्टीको नेतृत्व गर्न विधानमा संसोधन, पार्टीको संगठनात्मक संरचनाबारे स्पष्ट खाका तय गर्ने,
वर्तमान राजनैतिक परिस्थितिकोबारेमा विश्लेषण र समिक्षा, आगामी पार्टीको राजनैतिक कार्यदिशाबारे कस्तो निति लिने, सामाजिक तथा आर्थिक उन्नती तथा समृद्धिको कस्तो निति लिने, आगामी पार्टीको शैद्धान्तिक कार्यदिशाबारे कस्तो निति लिने, देश र समाज बनाउने कस्तो निति लिने,
आगामी पार्टीको आर्थिक नितिबारे कार्यदिशा कस्तो लिने, गतसालको पार्टीको पराजयको बारेमा व्यापक समिक्षा, पार्टीको आर्थिक प्रतिवेदन माथि छलफल, पार्टीको आगामी १४ औं महाँधिवेशनको कार्ययोजना बारे व्यापक छलफल गरी गुट तथा उपगुटलाई अन्त्य गर्दै एकताको शन्देश दिने महाँसमिति बैठकको प्रमुख एजेण्डा र म्याण्डेट लियर बैठक डाकिएको हो ।
तर वैठकको माहोल मुल एजेण्डा भन्दा पनि विषयान्तरमा अप्रत्यक्ष रुपमा हिन्दुवादले प्रवेश पायो । यो पार्टीको अन’शासनको अत्यन्त कम्जोरी पक्ष तथा स्वतन्त्रताको नाममा अराजकता हो वा पर्दा पछाडीका षडयन्त्रकारीहरुको चलखेल पनि हुन सक्छ ।
त्यसैले यस्को समीक्षा गर्न जरुरी छ । किनकी आगामी पार्टीको कार्यदिशा के हो ? महाँसमिति सदस्यहरुले जिल्ला फर्कन्दा के सन्देश लैजाने र पार्टीका कार्यकर्ता तथा समर्थकहरुलाई के नयाँ उर्जा दिने । यस्को सवालमा व्यापक राजनैनिक र सामाजिक वहस हुन जरुरी छ ।
महाँसमिति वैठक ऐतिहासिक होला र प्रशस्त राजनैतिक तथा सामाजिक सम्भावनाका ढोका र सैद्धान्तिक कार्यदिशाहरु खोलिएर आगामी दिनमा पार्टीलाई पुर्न आकार बृद्धि गरी कम्जोर प्रतिपक्षिको भुमिकाबाट सताको बागडोर समात्न सक्ने सक्षम, लोकप्रिय, आम जन्ताको साथिको पार्टी र वर्तमान नेकपाको कार्यशैली प्रति जन्ताहरुको वितृष्णा जागिरहेको बेला वफादार र आमजनताहरुको अभिभावक्त्व ग्रहण तथा निर्वाह गर्न सक्ने सक्षम निति तथा कार्यदिशा उन्मुख हुनु पर्ने हो ।
तर विषयान्तर गरेर नेपाली काँग्रेसको जन्म सिद्धको सिद्धान्त, मर्म र भावना विपरितको हिन्दु राज्यको पुर्नस्थापना गर्ने एजेण्डा चोर बाटोबाट छिराएर हस्ताक्षर क्याम्पेनिङ पार्टीको जिम्मेवार नेताहरुबाट कार्य हुनु अत्यन्त ठुलो दुरभाग्य र धोका हो ।
नेपाली काँग्रेस पार्टीको जन्म आज भन्दा साडे सात दशक पहिले प्रजातन्त्र र धर्म निरपेक्ष तथा धार्मिक स्वतन्त्रताको स्थापना गर्न संघर्षवाट स्थापित पार्टी हो । नेपाली काँग्रेसले २०६२/०६३ जन आन्दोलनको नेतृत्व समेत सम्हालेको अग्रगमनकारी पार्टी हो ।
धर्मनिरपेक्षता र गणतन्त्र भनेको यो २०६२/०६३ को जन आन्दोलनको प्रमुख उपलव्धि हो । यसरी नेपाली काँग्रेसकै सिद्धान्त, मर्म र भावनाको अलावा वर्तमान नेपालको संविधान २०७२ को भावना र मर्म विपरित खुलम खुल्ला धोका हुने गरी चोर बाटोबाट हिन्दु राज्यको एजेण्डाले प्रवेश गराउन खोज्दा पार्टीका उच्च स्तरीय नेता र धर्म निरपेक्षताका हिमायतीहरुले पनि टुलु टुलु हेरेर बस्नु झन दुरभाग्य हो ।
विचरा नेताहरु एकातिर चाकडीबाजमा व्यस्त छन भने अर्कोतिर वैचारिक ज्ञान र क्षमतामा खडेरी लागेका प्रतिनिधिहरु प्रति हामीले त्यो स्तरको आशा गर्नु पनि मुर्खतानै हो । उनीहरुको काम कि नाच भालु नाच, कि ताली ढोक्नु वा मौन स्विकृति प्रदान गर्नु सिवाय अरु के पो गर्न सक्छन र ।
यस पट्टको नाटयशालामा त्यहि मन्चनन हुँदैछ । प्राचिन नेपाल यानेकी किराँत, लिच्छवी, गोपाल र मल्ल कालमा नेपाल हिन्दु राज्य थिएन । जव पृथ्विनारायण शाहले राज्य विस्तार गर्न थालेसँगै जबरजस्ती हिन्दुकरण पनि गर्दै गए ।
हिन्दुकरणको चरम प्रयोग र विस्तार १०४ वर्षे राणा कालिन र ३० वर्षे निरंकुश पञ्चायत कालमा भएको हो ।
नेपाली काँग्रेसको स्थापना काल देखिनै नेपाल विविध समाज, विविध जाती, विविध धर्म, विविध संस्कृति, विविध भौगोलिक विषेशता र विविध भाषाहरुले ओतप्रोत भएको सुन्दर साझा फुलबारीको रुपमा स्विकार गरी २०१५ सालको प्रथम जननिर्वाचित जननायक विपी कोइरालाले सरकार गठन गर्दा यहि मुल मर्म र भावनाका साथ सामाजिक समावेशीतालाई प्रमुख आधार मानी गठन गरेका थिए ।
विक्रम सम्वत २०३६ सालको जनमत संग्रहका वेला विपी कोइरालालाई सप्ताहिक विक्ली मिररले गरेको अन्र्तवार्तामा नेपाललाई धर्मनिरपेक्ष मुलुक बनाउन चाहने व्यक्तिका रुपमा लिइन्छ नी ? भन्ने प्रश्नको लिखित उत्तरमा नेपाल हिन्दुराज्य हुँदै होइन ।
कसैले हिन्दुराज्य भन्छ भने त्यो झेली मात्र हो । नेपाल निश्चय पनि धर्मनिरपेक्ष राज्य हो । धर्मनिरपेक्ष राज्यमा धार्मिक आस्था राख्ने स्वतन्त्रता हुन्छ । तसर्थ, मन्दिर वा प्रार्थनास्थल कुन हो भनेर छुटयाउनु पर्ने प्रश्ननै उठदैन ।
भनेर स्पष्ट भन्नु भएको छ । अहिले, नेपाली काँग्रेस पार्टीका केहि राजनैतिक विचार, दर्शनमा खडेरी लागेका र पार्टीमा लगानी नगरी प’स्त्यौनी व्याज खाएर वस्नेहरुले वेमौसी वाजाको रुपमा हिन्दुराज्यको एजेण्डा ल्याएर सानो वर्ग, समुदाय र सम्प्रदायहरु प्रति उन्मुख हिन्दुहरुको झुण्ड बनाउन लागि परेका छन् ।
नेपाली काँग्रेस आमनेपाली जन्ताहरुको राष्ट्रिय पार्टीको रुपमा विकास गरेर पश्चागमनको बाटो होइन अग्रगमन तर्फ लैजानुनै आजको प्रमुख आवश्यक्ता हो । नेपालको नयाँ संविधान २०७२ अनुसार नयाँ संरचनामा २०७४ सालमा तीन तहका निर्वाचनहरु सम्पन्न भए ।
निर्वाचनको परिणामलाई हेर्दा नेपाली काँग्रेस पार्टीको पोजिसन तिनै तहमा प्रतिपक्षीनै हो । अब, आगामी निर्वाचनमा ४० लाख नयाँ मतदाताहरु थपिन्दै छन् । विगतको संघिय निर्वाचनको प्राप्त मत परिणामलाई प्रमुख तीन दलले प्राप्त गरेको तथ्याँकलाई हेर्दा नेपाली काँग्रेसको ३५ लाख हाराहारी, तत्कालिन नेकपा एमालेको ३० लाख हाराहारी र तत्कालिन माओवादी केन्द्रको १५ लाख हाराहारी रहेको छ ।
हाल आएर नेकपाको योग ४५ लाख हुन आउछ । यहि अनुपातलाई हेर्दा पनि १० लाख मत बढी रहेको छ । अब, आगामी निर्वाचनमा नयाँ ४० लाख मतदाताहरु थपिन्दै छन् । सामान्यतया, २०४८ साल देखिको २०७४ साल सम्मको नेपाली काँग्रेसमा मतदाताहरुको आर्कषणको ट्रेण्डलाई हेर्दा त्यस्तो ठुलो परिवर्तन देखिन्दैन ।
राजनैतिक आमुल परिवर्तनहरुमा बाहेक, ५ देखि ६ प्रतिशतको हाराहारीमा रहेको छ । अहिलेको जम्मा मत योग ८० लाखमा १० लाख मत अन्तर छ यो मतान्तर ८ प्रतिशतले धेरै हुन आउछ । अबको आगामी निर्वाचनमा सिधै ४० लाख मतदाताहरु थपिन्दै छन् ।
अब ४० लाख मतदाताहरुमा ५० प्रतिशत नेपाली काँग्रेसमा आकर्षण भएमा २० लाख हुन आउछ तर नेकपामा ४० प्रतिशत मात्र आकर्षण भएता पनि १६ लाख हुन आउछ र ५ लाखको हाराहारी धेरै मत हुन जान्छ ।
अब यो मतान्तर अनुपात घटाउन गणितको योगलाई घटाउनु पर्छ । त्यस्तो जादु हिन्दु धर्ममा यदि भए त्यो एजेण्डामा पार्टीलाई दिशावोध गरे हुन्छ नत्र यो उल्टो यात्रा नै हुनेछ । मन्दिरमा गएर भगवान जप्नेहरुले कहिले भगवान आएर उद्धार गरेको थाहा पाउनु भएको छ । यो पनि यस्तै हो ।
नेपाली काँग्रेसले आगामी निर्वाचनमा नयाँ मतदाताहरुलाई आकर्षण गर्ने निति तथा कार्यक्रम, वैज्ञानिक वस्तुगत कार्यदिशा र रणनिति बनाउन तर्फ उन्मुख हुनु पर्नेमा पश्चागन तर्फ फर्केर उल्टो दिशा तर्फको यात्रा थाल्दा गन्तव्यमा अवश्य पुगिन्न ।
आफनो मुल जन्म सिद्ध सिद्धान्त र आम नेपालीहरुको जन चाहनाको मुल मर्म तथा भावना विपरीत साथै हाल सम्मका राजनैतिक उपलब्धिहरुलाई संस्थागत गर्नु पर्नेमा जिम्मेबार राजनैतिक दलले लथालिंग बनाउने खालको यात्रा गर्न तर्फ उन्मुख हुनु भनेको बग्गीमा चडेर अमेरिकाको यात्रा गर्छु भन्नु जस्तै हो ।
नेपाली काँग्रेस पार्टीका नयाँ कार्यकर्ता र नेताहरुमा बैचारिक परिपक्वता ल्याई थप उर्जाका टुल्सहरु दिन सक्नु पर्यो । यस महाँसमिति बैठकले पार्टीको वैज्ञानिक र वस्तुगत आधारमा निति, कार्यक्रम, कार्यदिशाा बेध गर्ने गरी महाँसमिति वैठकमा छलफल गरी निचोड निकाल्न सक्नु पर्छ ।
यदी, वस्तुगत तथा वैज्ञानिकतामा नगई हाइपोथिससमा मात्र बग्ने हो भने यो पार्टी आम जन्ताहरुको राष्ट्रि य पार्टी नभएर ८१ प्रतिशत हिन्दुहरुको बनाउन खोज्दा नेपालको गत शालको राप्रपाको र हाल भारतको भाजपाको विधान सभाको परिणामलाई राम्ररी विश्लेषण गरे काफी पुग्छ ।
नेपालको राप्रपाले त अझ राजाका मान्छेहरुको मत प्राप्त गर्दा त पार्टी नभएर एउटा सानो हिन्दुवादी र राजावादीहरुको झुण्ड मात्र बन्न सफल भएको छ ।
\
लेखकः गैसस महासँघ पाँचथर र बिपी अध्ययन प्रतिष्ठान नेपाल प्रदेश १ का अध्यक्ष हुन ।