धरानको विकास कसरी भयो, पहिले यो कस्तो थियो र अहिले यसको स्वरूप परिवर्तन तीव्र शहरीकरण तर्फ लम्कदैछ भन्ने बुझ्न आवश्यक रहेको छ । धरान बजारको विकासक्रमको कुरा गर्दा धरानको अहिले विजयपुर पनि यसै भित्र पर्दछ तर जुन बेला धरानको नामाकरण हुन अघि यो जंगल थियो ।
यहाँको प्राचिन बजार मनौ वा जन समुदायको बसोवास विजयपुरमा थियो । विजयपुरको इतिहास त प्रसिद्ध नै छ यहाँ सेन वंशका राजा मुकुन्द सेनका छोरा विजयसेनको नाममा विजयपुर रहेको किम्बदन्ती छ भनौं वा इतिहास यही विजयपुरमा सेन रानाका प्रधानमन्त्री बुद्धकर्ण राई थिए जसको समाधी अहिले पनि बुढासुब्बाका नाममा प्रसिद्ध रहेको छ ।
विजयपुरमा दन्तकाली मन्दिर, पिण्डेश्वर मन्दिरको पनि आफ्नै कथा छ । दन्तकालीमा खनाल पुजारी राखेको राजाहरुको ताम्रपत्रबाट थाहा हुन्छ । सतीदेवीको मृत्युपछि वँहाकाे शरीर बोकेर महादेव हिंड्दा यहाँ दाँत झरेको विश्वास गरिन्छ ।
सतीदेवीको दाँत झरेकोले दन्तकाली नाम रहन गएको हो । यस्तै समुन्द्र मन्थनमा देव र दानव संग्राम हुँदा महादेवले विष पिएका र समुन्द्र मन्थनको छोक्रा (पिण्ड) यहाँ झरेकोले पिण्डेश्वर (शिव) नामाकरण भएको किम्बदन्ती पाइन्छ ।
यसपछि धरानको चर्चा गर्दा यसको इतिमास विकासक्रम एक सय पचास वर्ष अघि भएको मन्न सकिन्छ । यहाँ बसोवास गर्नेले जंगल फडानी गरी रुख काट्ने गर्थे त्यो रुख काट्ने मेसिनलाई आरा (करौती जस्तै लामो दाँत भएको काट्ने वस्तु) भनिन्थ्यो ।
त्यो आराका माध्यमबाट दुई तीर आडा बनाएर रुख राखिन्थ्यो, रुख राख्ने ठाउँलाई धरान भनिन्थ्यो । अनि त्यसबाट रुख चिरानी हुने गथ्र्यो । कालान्तरमा आरा काट्ने धरानलाई धरान भन्दै जनजीवनमा पहाडबाट वा विजयपुरबाट तल झर्दा होस् या बाहिरबाट आउँदा होस् यस स्थानको नाम धरान रहन गयो र यही नामले यस परिचय हुँदै आएको छ ।
यसैले धरानको चर्चा गर्दा वा धरानको विकासक्रममा यहाँको दुईवटा बजार राणा प्रधानमन्त्रीको नाममा स्थापना भएको थियो । धरानको पुरानो बजारलाई राणा प्रधानमन्त्री चन्द्र शमशेर जवराले बसाएकोले यसको नाम चन्द्रपुर बजार रहन गयो ।
त्यसैगरी राणा प्रधानमन्त्री जुद्ध शमशेर जवराले नयाँ बजार बसाएकोले यसको नाम जुद्ध सडक रहयो गयो । यसलाई नयाँ बजार पनि भनिन्छ । यसरी बजारमा विस्तारै साहु महाजन बस्न थाले र यहाँको मरमसला, लत्ताकपडा, चामल, तेल कपडा आदिको व्यापार हुन थाल्यो ।
यहाँको पुरानो बजारका पुछारमा मुसलमान व्यापारीलाई व्यापार गर्न इजाजत प्राप्त भएको थियो र त्यहीँ मुसलमान व्यापारीले व्यपार गर्दथे । जसका कारणले यहाँ यद्धावदी अहिले मस्जीद रहन गयो ।
यसरी धरानमा बन्द व्यापार हुन थाल्यो ।
त्यो बेला धरान आवत जावत गर्ने यातायातको साधन गाडी थिएन, बाटाघाटो थिएन, घोडाबाट र गोेरुगाडाबाट यहाँ बन्द व्यापारको खाद्यन्न लत्ता, कपडा आदि ओसारिन्थ्यो । यसरी धरान बजारमा पहिला बन्द व्यापार शुरु भयो ।
बन्द व्यापारको प्रमुख थलोमा पुरानो बजार र फुस्रे हुन गयो । फुस्रेबाट पूर्व पहाडतिर फलफुल, अलैंची, अदुवा, बेसार, कुचो, जडीबुट्टी लगायतको आयात गरिदै आएको छ । धरानका साहु महाजनहरूमा प्रमुख व्यापरी नेवार, मारवाडी र मुसलमान थिए ।
यसै क्रममा धरानको व्यापार पछि विस्तारै उद्योग धन्दा स्थापित हुँदै आए । यसैक्रममा धरानमा उद्योगधन्दाको रूपमा सवैप्रथम प्रवेश २००४ सालमा भोजपुरबाट आएका हलवाइ (नेवार) को दन्तकाली राइस मिल खुल्यो ।
त्यसपछि नेवार, मारवाडी, मसुलमान बाहेक पहिलो पटक आचार्य परिवारका मेरो हजुरबुवा मुकुलप्रसाद आचार्यले २००५ सालमा उद्योगको रूपमा धान, तोरी, आँटा पिस्ने मिलमा स. मिल सहितको अक्षय राइस आयल Ï
लावर एण्ड स–मिल स्थापना गर्नु भयो । यो उद्योग स–मिलका रूपमा पहिलो स–मिल उद्योग पनि थियो । जसले धान पिस्नुका साथै तेल पिस्ने, गहुँ पिसी आँटा निकाल्ने काम गथ्र्यो भने मुढा काठ चिरान गरी काठ स्थानिय बजारमा बेच्ने गथ्र्यो ।
त्यही चिरान गरेका काठपात धरान बजारको वस्ती विस्तारसँग नयाँ घर बनाउन काठका घर बन्न थाले । धरानमा पहिला काठको घरहरू निर्माण हुर्ने गथ्र्यो जसको चिरान अक्षय मिलले गथ्र्यो । धरानको नाम काठको धरानबाट मुढा चिर्ने काम गरेको परानो परम्पारलाई आधुनिक आरा चिरानको स–मिल अक्षय मिलले विस्थापित गर्यो ।
यो उद्योग धरानको पहिलो ठूलो उद्योग थियो । यस उद्योग अक्षय राइस मिलको अर्को विशेषता भनेको यहाँ तोरी पिस्ने मेसिन घानी राखिएको थियो । तोरी पिस्ने आधुनिक मेसिनमा स्प्रेलर भए पनि तोरीको पिस्ने घानी आधुनिक मानिन्थ्यो ।
यो निकै महँगो पद्धती हो । यो तोरीको घानीमा नरिवल तेल, आलस तेल पनि पिसानी हुन्थ्यो ।
धरानको ठूलो उद्योग अक्षय (अर्थात् कहिल्यै नामेट नहुनें) राईस आयल Ïलावर एण्ड स–मिल धरान बजारको चतरालाइन धरान नगरपालिका रहेको स्थान हो । यो मिल २०२६ सालमा धनपालाई बिक्री गरिएको थियो । यसरी २००५ सालमा स्थापित भएर २०२६ सालमा बिक्री भएको मिल चाही २०१७ सालदेखि बन्द हुँदै आयो ।
यो उद्योगको चर्चा गर्दा यसको कथाव्यथा पनि रोचक नै रहेको छ भने चल्तीमा रहेको यो मिल अचानक कसरी एकाएक बन्द भयो यो जान्न जो सुकै उद्यागी व्यापारी जान्न चाहन्छ र कसैले पनि चलिरहेको व्यापार रहरले बन्द गर्दैन तर यसरी २००५ सालदेखि २०१७ सालको १२ वर्षसम्म यो मिलले धरान बजारको आवश्यकता पूरा गर्दै रह्यो ।
अब यसको पृष्ठभूमि अर्थात कसरी स्थापना भयो त्यतातीर चर्चा गरौं ।
मेरो बाजे उद्योगपति स्व. कुल प्रसाद आचार्यले धरानमा आधुनिक अक्षय मिल स्थापना गरेपछि पूर्वाञ्चलको मात्र नभएर मुलुककै अग्रणी विराटनगर जुट मिल, रघुपति जुट मिल र मोरङ्ग हाइड्रो कम्पनी (हाल विद्युत प्रविधि प्राधिकरण क्षेत्रीय कार्यालय) मा शेयर लगानी गरेर मुलुकको उद्योग धन्धामा अग्रणी रहनु भयो ।
वहाँको पैतृक थलो धनकुटाको सिंबुवा गाउँ हाल तानखुवा गा.वि.स. वार्ड नं. ५ हो । वहाँले सरकारी जागिरमा मुखियासम्मको नोकरी गरेकोले वहाँ मु. कुलप्रसाद आचार्यका नममा पछि प्रख्यात हुनु भयो ।
वहाँले धरानमा मिल खोल्न अधि आफ्नो गाउँ धनकुटा सिंबुवामा आधुनिक पाँच धुरे काठको घर बनाउनु भयो यही पाँच धुरे घरमा कलकत्ताबाट फलामको पाइप बोकाएर धनकुटामा लगी आफ्नो घर टिनको छानाबाट आउने पानी तल सिमेन्टको ट्यांकी बनाई त्यसमा जम्मा गरी घरमा वर्ष दिनको पानीको आवश्यकता अपूर्ति गर्नु हुन्थ्यो ।
नेपालमा यस्तो पद्धती विकास गर्ने पहिलो व्यक्ति मु. कुलप्रसाद आचार्य नै रहको लेख धनकुटाका प्रसिद्ध लेखक खगेन्द्र कुमार प्रधानाङ्गले कान्तिपुर दैनिकमा छपाउनु भएको छ । वहाँ संस्कृतको विद्वान भएकोले अमर कोष अनुवाद गरेको पण्डित टिकाप्रसाद आस्ती बताउनुहुन्थ्यो ।
यसैगरी तत्कालिन प्रधानमन्त्री श्री ३ पदम शमशेर जबराले गठन गरेको भारदारी सभा (२००३ संसद) मा प्रतिनिधि हुनुहुन्थ्यो ।
उद्योगपति स्व. कुलप्रसाद आचार्यले धरानमा अक्षय मिल सपना गर्न आफ्नो नाममा रहेको मोरङ्ग तरहरा (पश्चिम बौकाचाप) मा रहेको डेढसय विघा जमिन बेची रु. ७० हजार कम्पनीमा बेच्नु परेको थियो ।
कुल पूँजी ७० हजार लगानीमा रहेको मिलमा २५ प्रतिसय शेयर (चार आना) पुरानो बनारका श्री राधाकृष्ण ढकाललाई दिनु भएको थियो । यसरी मिलमा साझेदारी रहन गयो ।
यो २००५ सालमा स्थापना हुनु अघि काठमाडौंबाट उद्योग विभागमा दर्ता गर्न मु.कुलप्रसादका जेठा छोराले माधवप्रसाद र डि. माइला छोरा केशव प्रसादले खट्नु भयो । यो मिलको दर्ता गर्न सरदार भीमबहादुर पाण्डेसँग वहाँहरू पुग्नु भएको बताउने गर्नुहुन्थ्यो ।
उद्योगपति कुलप्रसाद आचार्यका दस भाइ छोराहरूमा कालिका प्रसाद (साइला बाजे), राम प्रसाद (काइला बाजे, नेपाल प्रौढ संगठन सुनसरीका जिल्ल सभापति), चेवन प्रसाद (अन्तरे बाजे), शेसराज (जन्तरे बाजे, शारदा बालिकाको पुरना शिक्षक), राजेन्द्र प्रसाद (कान्छा बाजे, पब्लिक हाइस्कुलका पुराना हेड मास्टर) त्यसपछि पशुपति, दिनानाथ र शेखर रहेका छन् ।
यसमध्ये मिल चाहीँ चेवन प्रसाद र दिनानाथले हेर्ने गर्नु हुन्थ्यो ।
अक्षय मिलको क्षेत्रफल कुल १४ कठ्ठा जमिनमा फैलिएको थियो । अक्षय मिलको मेसिन बेलायती थियो । यो मेसिन कलकत्ताबाट रेल र पानी जहाज हुँदै गोजवनीबाट ट्रकमा धरान भित्र्याइयो । यो मिल ल्याउन डि. केशव प्रसाद कलकत्ता जानु भयो ।
वहाँका अनुसार मेसिन बोक्न १५० जना भन्दा बढी लेवर चाहिन्थ्यो । ज्यादै दिक्दारी मनिहारीघाटमा भएको हामीलाई बताउनुहुन्थ्यो । अक्षय मिल धरानमा चलाउन कलकत्ताबाट आएको मेसिनमेन वंगाली बाबु थिए ।
यो मेसिन चलाउँदा लामो डोरी तान्नु पथ्र्यो मेसिन चलाउन अघि जहिले पनि मिल स्टार्ट गर्न १०–१५ जना मानिस चाहिन्थ्यो । अनि मिलमा धान तेल कुटाउन आएका गृहस्थले लाइन लागेर जोडले डोरी तान्ने गर्थे अनि टुक टुक मिल स्टार्ट हुन्थ्यो । मिलको खडा भएको लामो पाइप लठ्ठाका टुप्पोमा सिल्भर लोका अङ्केको हुन्थ्यो ।
यो मिलको पछाडीको भागमा रुखका गोलाई मुढा चिरानीको लागि राखिएको हुन्थ्यो अनि गोलो आकारको चक्का भएको आरालाई मिलको फित्ताले चलाएपछि काठ साइजअनुसारको चिरानी हुन्थ्यो र बजारमा बिक्री हुन्थ्यो ।
यसरी चलिरहेको मिल २०१७ सालको कुन महिना हो एक दिन मिलमा मुढा चिर्ने ज्यादा गोलाहकार मुढा टुक्रा पार्न त्यहाँ बेग्लै धरान राखिएको थियो । त्यही धरानबाट मुढा चिर्ने आरावालले अर्का आरावाललाई खुकुरीले छप्काएपछि एउटा आरावालको हत्या हुन पुग्छ र अचानक मिल बन्द हुन्छ ।
यसै साल मिलका उद्योगपति मु. कुलप्रसाद आचार्यको श्रावण महिनामा धरान बराहक्षेत्र मन्दिरमा प्राणको अन्त्य हुन्छ ।
वहाँको धार्मिक मान्यता परलोक जान काशीवास होइन आफ्नै तीर्थधाम बराहक्षेत्रमा पुण्य कमाउनु पर्छ भन्ने थियो । जसलाई आज भोली पर्यटन व्यवसाय धार्मिक पर्यटनसँग बराहक्षेत्रलाई जोड्ने गरिन्छ । यसरी घरको मुलीको अन्त्यसँगै मिलको पनि अन्त्य हुन्छ ।
२०१७ सालदेखि बन्द भएको अक्षय मिल २०२६ सालसम्म आइपुग्दा पनि बाबुको विडा थाप्न छोराहरू अग्रसर नभएपछि २०२६ सालमा यो मिल आ.नै कथा व्यथाबाट धरान नगरपालिकालाई बेचिन्छ । यसका कलपुर्जा चाहिँ कवाडीलाई कवाडीकै भाउमा बेचिन्छ ।
मिलको फाउण्डेशन आजको मोती स्मृती भवनले चर्चेको भाग यद्धवधी छँदैछ । यसरी एउटा उद्योगधन्धाको अन्त्य हुन पुग्छ ।