आज म ति साथिहरुलाई संझीरहेको छु । जसले नेपालको निरंकुश पंचायति व्यवस्था र जहाँनिया निरंकुश राजतन्त्रको अन्तका लागि लागे । यि मानिसहरु मध्येका धेरै जना अब यो संसारमा छैनन अव उनिहरुको संझना मात्रै छ भने कति जना त्यतिकै अरगज परेर बसेका छन । तर यी मानिसहरु जसले अति अफटयारो बेलामा आन्दोलनको अगुवाई गरेका थिए । अरु कसैले यी साथिहरुको बारेमा लेख्छन लेख्तैनन संझन्छन , संझदैनन । तर मैले भने ति साथिहरुलाई संझिरहेको छु । ति साथिहरु तिनीहरु थिए । जसले यो देशको निर्दलिय पंचायति व्यवस्थाको अन्तका लागि त्यसको चिहान खनेर त्यहि चिहानमा पुर्ने उदेश्यका साथि त्यहि भित्र पसेर त्यसलाई हुडल्ने काम गरेका थिए । समय निक्कै बित्यो । अबको पिडीले त्यो कुरा सुनाउँदा पत्यार लाग्दो नि लाग्न सक्छ । मलाई लाग्छ ।आज भन्दा ३५ बर्ष अगाडि जुन बेला राजतन्त्र र उसको पंचायति शासनको खपि नसक्नु दब दबा थियो । त्यो बेलामा त्यस्तै ३० बर्षको लंका जवान थिए । मैले त्यो बेलामा हामिलाई ढुगा खाए पनि निन्द्रा पु¥याउँथ्यौ । जनताले सिस्नो र ढिडो दिए पनि अमृत मानेर खाइन्थ्यौ । हामि आफुले गरेको काम प्रति ढुक थिएनौ । तर हामिलाई अव परिवर्तन गर्ने काम हाम्रो हो भन्ने कुरामा ढुक थियौ । जुन बेलामा हामि परिवर्तनका लागि लागेका थियौ । जुन हामिले बेझदै गयौ । त्यस बेला देखि हामि अब जुन कुनै बेला समातेर अराष्टिूयतत्व भनेर थुनिन सक्छौ । हामि इनकाउनटाका नाममा जेल सर्दा भाग्यो भन्ने वाहानामा मारिन सक्छौ भन्ने हामिले हाम्रो मानसिक्तालाई बनाएका थियौ ।
म ति योद्धाहरुका बारेमा केहि संझनालाई यहाँहरु समक्ष प्रस्तुत गर्न चाहान्छु । ४० को दशकको कुरा हो । त्यो बेलामा दस्ताबेज त्यो बेलामा माइनट अहिले भेटिनौ संभावना कम्ती छ । किन भने कति ता आन्दोलनको समयमा जहाँ राखियो । त्यहाँ कति जना जनताले सुरक्षित गर्ने नाममा माटोमा गाडे कति कहाँ पुगे । तर मलाई पुर्वान्चल स्तरीय पहिलो भेला विराटनगरमा लभ प्रधानले बस्ने ठाउँको व्यवस्था गरेका थिए । मैले जानेको र संझना भए सम्मको भेलाका सहभागिहरुको नाम छुटेको भए भनि दिनु होला सामेल गरेर लाने छु । त्यहाँ भेलामा मदन भण्डारी , नरेन्द्र बस्नेत , दोर्णचार्य क्षेत्री , लभ प्रधान , सुमन प्याकुरेल , नरेन्द्रराज भण्डारी , जय कृष्ण गोहित , लक्ष्मी चौधरी , मित्रलाल सुबेदी र ओम कोइराला थियौ । मदन भण्डारीको निर्देशणमा हामिले पुर्वान्चल स्थरिय प्रजातान्त्रिक राष्टिूय मन्च गठन ग¥यौ । जननेता मदन भण्डारीले कमिटिलाई सपत ग्रहण गराउँदै यो कमिटिले दुई ओटा काम गर्ने छ भन्नु भएको थियो । पहिलो संगठनको नामले पंचायति चुनावमा भाग लिने जितेर गएकाहरुले त्यहि भित्र बाट पंचायतको विरोध गर्ने र पंचायतलाई कमजोड बनाउँने । दोस्रो यसको राष्टिूय भेला गरि राष्टिूय स्तरको कमिटि गठन गर्ने । यो जिम्मेबारी सुम्पिएर दोस्रो वैठकको समय निर्धारण गरि त्यहि वैठकले उम्मेद्धारको पनि चयन गर्ने भन्ने निर्णयका साथ पहिलो वैठक सकिएको थियो । दोस्रो वैठक विराटनगर धुर्व नारायण श्रेष्टको घरमा बसेको थियो । त्यो वैठकले राष्टिूय पंचायतका लागि झापा बाट दोर्णचार्य क्षेत्री , उदयपुर बाट लक्ष्मि चौधरी , खोटाङ बाट नरेन्द्र राज भण्डारी , मोरङ बाट बम बहादुर खडका र अर जिल्लाहरुमै छलफल गरि उम्मेद्धार छलफल गर्ने निर्णय भयो । ति सबै उम्मेद्धारहरुले आफनो आफनो ठाउँमा आम सभा गरि त्यहि बाट पंचायतको भन्डा फोर गर्ने निर्वाचन परिचालन कमिटि बनाइ त्यसले समेत पंचायतको भन्डाफोर गर्ने गरिको निर्णय गरि सवै ठाउँमा निर्देशण गर्ने सकुलर जारी गरियो । त्यसपछि संम्भावना भएका जिल्लाहरु बाट उम्मेद्धारी उठाएको थियो । सवै उम्मेद्धार प्रजातान्त्रिक राष्टिूय मन्चको नाम बाट दिएको भए पनि त्यो सवैको परिचालन तत्कालिन नेकपा मालेले गरेको थियो । त्यसलाई पार्टिले परिचालन नगरि भर्खर जन्मेको मन्चले परिचालन गर्ने संम्भावना थिएन । नेपालमा भएको पंचायति चुनावमा त्यो नै पहिलो मन्च बनाएर प्रचार गरिएको पहिलो मन्च थियो । चुनाव प्रचार प्रसार गर्दा पार्टिको नितिलाई जनता समक्ष खुल्ला रुपले राखिएको पहिलो अभियान थियो । त्यो बेलाको निर्वाचनमा काठमाडौ बाट उठाएका जनपक्षिय उम्मेद्धार पदम रत्न तुलाधरको चुनाव चिन्ह सुर्य थियो । कास्की बाट सोमनाथ अधिकारी प्यासीको र पदम रत्न तुलाधरको चुनाव प्रसारमा गरिएको भाषण देश व्यापि प्रचारित भएका थिए । पदम रत्न तुलाधरको भाषणले त शिखर नै छोएको थियो । उनको भाषणको क्यासेट ल्याएर चोक चोकमा माइक जोडेर बार बार घन्टा सम्म बजाएको थियो । त्यो निर्वाचनमा पंचायति चुनावमा उठेर पंचायतकै विरोधमा उभिएका ५ जना उम्मेद्धारले विजय हासिल गरेका थिए । इलाम बाट नोवल किशोर राई , झापा बाट दोर्णचार्य क्षेत्रि , चितवन बाट जार्गित प्रसाद भेटुबाल , काठमाडौ बाट पद्यम रत्न तुलाधर र कास्की बाट सोमनाथ प्यासी । यति ५ जनाले ९० जनाको राष्टू पंचायतको भित्रै बाट जरा हल्लाइदिएका थिए । निर्वाचनमा उठेर हार्नेहरु पनि थुप्रै थिए । उनिहरुले पनि पंचायत विरोधी ठुलै तंर¨ ल्याएका थिए ।
निर्वाचन सकिए पछि अवको काम थियो प्रजातान्त्रिक राष्टिूय मन्चलाई वैधानिक बनाउँन राष्टिूय भेला गरि त्यसलाई विधान संम्मत परिचालन गर्नु । भेलाका लागि पार्टिले दिएको निर्देशण अनुसार काठमाडौमा भेलाको आयोजना भयो । विना विधान चलेको संगठन विधान मस्यौदा गर्ने जिम्मा पनि पार्टिले मिलाई दियो । काठमाडौमा हुने पहिलो भेलामा म पनि गएको थिए । म काठमाडौ पुगेर कहाँ बस्ने भन्ने ठेगान थिएन । मैले सुनसरी बाट गएका साथिहरुको सहयोग लिएर लालिमा पुस्तक पसल पुगे । लालिमा पुस्तक पसलमा दिने एउटा चि ियता बाट लगेको थिए । त्यो मैले लालिमा पुस्तक पसल लगेर उत्तम महतलाई दिए । उनले मलाई कालिमाटि सुनकोशि छापाखाना जान भने म सुनकोशि छापा खाना पुगे । कालिमाटिको सुनकोशि छापाखाना खोजदै म एउटा च्याप भित्र पसे । अलि भित्र रहेछ सुनकोशि छापाखाना लालिमाले मलाई गोपाल गुरागाई भन्ने नाम दिएको थियो । त्यहि पुगे पछि मात्रै मैले थाहाँ पाए । मैले भेटनु पर्ने मानिस त पहिले मैले नै पर्टिको संम्प्रर्कमा ल्याएको साथि रहेछ । पहिले ईटहरि बाट विराटनगर गएका त्यहाँ राम हरि खनाल र गोपाल गुरागाई घृत न्यौपानेकोमा बस्ते । त्यहाँ जननेता मदन भण्डारीको अपिस जस्तै थियो विराटनगर बाट मदनले नै काठमाडौ पठाउँनु भएको थियो । उनलाई काठमाडौमा पार्टिको प्रष चलाउँन लगेको रहेछ । सुनकोशि छापाखाना तत्कालिन नेकपा मालेको प्रष रहेछ । गोपाल त्यहि काम गर्दा रहेछन । मैले गोपाललाई भेटे । गोपाललाई म आउँछु भन्ने थाहाँ रहेछ । त्यहाँ बद्रि खतिबडा , शुसिल प्याकुरेल , गोरे बहादुर खपा¨ि थिए । मैले उनिहरु सँग हात मिलाए । शुसिल प्याकुरेलले उहाँ पनि यहि कार्यक्रमको लागि आउँनु भएको भने । साथिहरु भेलाको तयारीका लागि आएका रहेछन । उनिहरु जानै लागेको बेला जाग्रित भेटुवाल , सलिम मिया अन्सरी , सोमनाथ अधिकारी प्यासी खग्राज अधिकारी आए । एक छिन बसेर कुराकानी गरेर सबै जना फर्किए । म गोपाल जि सँगै बस्ने भए । मैले स्वेतसार्दुल (मदन भण्डारी) सँग भेटन सकिन्छ कि भनेर सोधे । गोपालले म खबर पठाउँछु भने । पछि उहाँले म उतै आउँछु भनेर सानो चि िलेख्नु भएछ । त्यो दिन गोपाल र मैले लामो कुरा ग¥यौ । मदन भण्डारीकै सल्लाहा अनुसार म काठमाडौ आएको भनेको थिए गोपालले ।
विहाको राति जाडोको समय खुब चिसो थियो काठमाडौ मैले एउटा स्वीटर मात्र लगाएको थिए । विहान उठता अगाडिको डाडो तुसारोले सेताम्भे भएको जुनमा टल्कीरहेको थियो । मैले गोपाललाई सोधे त्यो कुन डाडो हो । यहाँले कृर्तिपुरको डाडो भन्नु भएको थिए । म गोपालको पछि पछि लागे । बाटो बाट कुनै घरलाई देखाउँदै त्यो शुसिल प्याकुरेलको घर हो । म आइहाल्छु है भनेर बाटोमा उभाएर त्यता लाग्नु भयो । उहाँ तुरुन्त फर्किएर आएर कुन चाहि हल हो म कनफिउँज भएर सोध्न गएको थिए भन्नु भएको थियो । त्यहाँ बाट आधा घन्टा भन्दा बेसि हिडे पछि हामि एउटा हलमा पुग्यौ । त्यो कृर्तिपुरको अडिटरियम हल रहेछ । पदम रत्न तुलाधर हिटर तापेर बसेका थिए । वरिपरि जाग्रीत भेटुवाल अर कति मैले नचिनेका साथिहरु झुरुम्म बसेका थिए । एक छिनमा सलिम मिया अन्सरी पृथ्वी सुव्वा गुरु¨ , बद्री प्रसाद खतिवडा दोर्णचार्य क्षेत्री नमस्ते साथिहरु भन्दै भित्र पसे । धमाधम साथिहरु हलमा पस्दै थिए । विहान झिसमिसे उज्यालो हुदै थियो । साथिहरु पस्ने क्रम बढदै थियो । विहान उज्यालो हुदाँ सबै साथिहरु आइसक्नु भएछ क्यार । ७ बजे देखि अण्डा पाउरोटि र चियाको व्यवस्था थियो । ब्रकफास्ट पछि कार्यक्रम हलमा प्रजातान्त्रिक राष्टिूय एकता मन्चको पहिलो राष्टिूय भेला लेखिएको व्यानर टाङिएको थियो । कुर्सिको व्यवस्था थियो । पानसमा बत्ती बालेर सामुहिक कार्यक्रमको उदघाटन गरिएको थियो । बद्री खतिवडाको अध्यक्षतामा शुसिल प्याकुरेलले कार्यक्रम चलाए । त्यसपछि प्रजातान्त्रिक राष्टिूय एकता मन्च किन आवश्यकता प¥यो , यसको उदेश्य के एउटा प्रतिवेदन प्रस्तुत भयो । यो खुल्ला र प्रजातान्त्रिक संगठन भएको कुरा राखियो यो निरंकुश पंचायत विरोधी संगठन हो भनिएको थियो । विहानको खाना पछि यसबारे वहस र छलफल भएको थियो । पहिलो भेला भएकाले त्यति धेरै छलफल गर्नु पर्ने थिएन । छलफल सकिए पछि बद्री प्रसाद खतिवडा अध्यक्ष , शुसिल प्याकुरेल महाँसचिव भएको केन्द्रिय कमिटिको घोषणा भयो । धोषणा पश्यात त्यहाँ हामि अनुशासित हुनु पर्ने । हाम्रो फलामे अनुसासन कायम गर्दै जनता सँगको भावनात्मक एकता स्थापित गर्दै अगाडि जाँने कुरा भयो । प्रजातान्त्रिक एकता जनता सँगको मंच र भारतिय कम्युनिष्ट पार्टि (माले ) ले एउटा प्रजातान्त्रिक खालको खुल्ला संगठन बनाएको थियो । नेपालमा पनि पहिलो अधिवेसनले मोहनचन्द्र अधिकारीलाई अध्ययक्ष र राधाकृष्ण मैनालीलाई वरिष्ट उपाध्यक्ष बनाएको थियो । त्यो दिनको भेलााले केहि प्रस्ताव तयार पारी त्यो पास गरे र भोली ११ बजे टंक प्रसाद आचार्यकोमा भेला हुने भनि कार्यक्रम सकियो । कार्यक्रम सकिदा ४ बजेको थियो । कार्यक्रम सकेर म सुनकोशि छापा खाना फर्किए । गोरे पनि त्यहाँ जाने रहेछन । हामि साझ पर्नै लागेको थियो । छापाखाना पुगियौ । मेरो बस्नेता त्यहि थियो । गोरे पनि त्यहि बस्ने भए । साझमा गोरेले मलाई जाउँ घुम्न भनेर निश्कियौ । हामि लैन चौर तिर गयौ । उनि नन्द कन्दवाकोमा गएका रहेछन । गोरेले बाटोमा कुरा गर्दै गए । हेर्नुन कामरेड यी वाहुन छन । हिजो शिक्षक संगठनमा पनि यि नै दुईओटा अध्ययक्ष र महाँसचिव थिए । यी यहाँ पनि यि नै भए । यो सुनेपछि मलाई कस्तो कस्तो लाग्यो । तर केहि बोलिन । उनले त्यो बेला सम्म मुसलमान ठानेका रहेछ । । कालो दारी झ्याप भएको हामिले भेटन गएको नन्द कन्दवा थिएन । हामि फर्किएर आयौ । खाना खाएर गोपालजी म एक ठाउँमा सुतियौ । गोरे अर्को कोठामा गोपाललाई मैले यो गरेता यस्तो कुरा गर्दै थियो भने गोपालले यी मानिस हाम्रो भन्नु मात्रै छन भने ।
विहान हामि मिलेर खाना बनायौ । ७ जनाको खाना त्यहि बनाएको थियो । विहान वद्री खतिवडा , शुसिल प्याकुरेल , गोरे भेटुवाल खपा¨ी , जामृत भेटवाल सवै मिलेर भरेको कार्यक्रम बनायौ । हामिले खाना खायौ र कालीमाटि बाट छोटो बाटो हुदै बानेश्वोर हाईड टंक प्रसाद आचार्यकोमा पुगियौ । हामि पुग्दा त्यहाँ दोर्णचार्य क्षेत्रि , जामृत भेटबाल , सोमनाथ अधिकारी प्यासी , खगराज अधिकारी , पंदम रत्न तुलाधर पुगि सकेका थिए । टंक प्रसादको छत निकै फराक रहेछ । उनि एउटा आराम चियरमा बसेका थिए । हामिले नमस्ते ग¥यौ । एक छिन बस्यौ । साथीहरु धमाधम आए । शुसिल प्याकुरेल र बद्र िप्याकुरेल आए पछि कार्यक्रम शुरु भयो । बद्री खतिवडाको अध्ययक्षमा शुसिल प्याकुरेलले कार्यक्रम संन्चालन गरे । प्रमुख अतिथि टंक प्रसाद आचार्यलाई बनायौ । त्यहाँ मैले चिनेका साथिहरु सलिम मिया अन्सरी सुमन प्याकुरेल पृथ्वी सुव्वा गुरु¨ , गोरे बहादुर खपा¨ी , गोपाल गुरागाई खोइ लभ प्रसाद , नरेन्द्रबस्नेत र लक्ष्मी चौधरी जानु पर्ने गएनन क्यार कार्यक्रममा गोरे बहादुर खपा¨ीले स्वागत मन्तव्य दिएका थिए । स्वागत मनत्वय पछि कमिटिको सार्वजनिक रुपले घोषणा भयो । जस अनुसार केन्द्रीय कमिटिको अध्ययक्ष बद्री खतिवडा , उपाध्यक्ष शलिम मिया अनसरी , महाँसचिव शुसिल प्याकुरेल , सचिव गोरे बहादुर खपा¨ी कोशाध्यक्ष सिताराम मास्के सदश्यहरुमा खगराज अधिकारी , जामृत भेटवाल , पृथ्वी सुब्बा गुरु¨ , पद्यम रत्न तुलाधर , दोर्णाचार्य क्षेत्रि लगायत २ जनाको केन्द्रीय कमिटि बनेको थियो । कमिटिको घोषणा पनि शुभकामना दिने काम शुरु भयो । पुर्व बाट ओम कोइरालालाई शुभकामना दिन लगाएका थिए । मैले बोली सके पछि गोरेले तपाई पनि वाहुन रहेछ । हिजो त्यत्रो कुरा गरे चुपचाप लाग्नु भयो भने । मैले केहि प्रतिकृया दिइन । साथिहरुको बोल्ने क्रम जारी थियो । त्यहि बेलामा टंक प्रसादको छतमा सुकाएको लप्सीको अचार झिक्दै खादै थिए । त्यहि बेलामा टंक प्रसादले भन्दै थिए । जामृत तिमी कहिलै ठुलो हुने भएनौ । सधै केटा केटीनै छौ । अवता राष्टिूय पंचायत सदश्यमै सकेउ अवता यो केटा केटीको बानी छोडनु भने । त्यहि बेलामा टंक प्रसादलाई यो कमिटिलाई निर्देशण दिन र शुभकामना दिन भने पछि । उनले भने तिमीहरु त्यहाँ अहिले मलाई संम्मान गर्नु होइन यहाँ आए पछि प्रसासनले हस्तक्षेप गर्दैन भनेर आए कहाँ मलाई थाहाँ छ रै पनि तिमीहरु प्रजातन्त्रका लागि लडदै छौ । त्यसमा म सधैसाथ दिन्छु । छेउमा बसेका पद्यम रत्नलाई ढाप मारेर तिम्रो भाषण सुने । तिमी एकजना फेरि यो मुलुकमा जन्मन्छौतिमीलाई शुभकामना भनेर डडेल्नामा हातले थपथपाए । त्यो दिन पनि हामि डिलै फर्कियौ । साचिनै हामि टंकप्रसादकोमा गएको पनि सुरक्षाकै लागि थियो । भोलिपल्ट विहान बुधबार पत्रिका निस्कीयो । ति पत्रिकाहरुमा टंक प्रसाद आचार्यको घरमा भेला प्रजातान्त्रिक राष्टिूय एकता मन्च गठन बद्रिप्रसाद खतिवडाको अध्ययषतामा २१ सदस्य केन्द्रिय कमिठि गठन भयो । त्यो भेलामा बोल्ने वक्ताको नाम थियो । पुर्वान्चल बाट ओम कोईराला ।
त्यो बेलामा पंचायति व्यवस्थाको अन्तका लागि यसरी लागेका यी साथिहरु लाई म संझन्छु । यी सबै साथिहरुको जहाँ जहाँ जे जे थियो । त्यस मध्येका धेरै जना शिक्षक पेशामा थिए । केहि व्यवसायमा यी सबै साथिहरु अरु सवै छोडर निरंकुश राजतन्त्र र निर्दलीय पंचायतको अन्त्य र प्रजातन्त्रको स्थापना का लागि लागेका थिए । ति मध्येका धेरै जना साथिहरु सँग मेरो संम्प्रर्क भै रहयो । त्यसको केहि ८ महिना पछि झापा आन्दोलनका नेताहरु जेलबाट छुटेका थिए । त्यसको ५ , ६ महिना पछि प्रजातान्त्रिक राष्टिूय एकता मन्चको पहिलो राष्टिूय सम्मेलन काठमाडौको उहि पुरानो ठाउँमा भयो । त्यो राष्टिूय सम्मेलनले मोहनचन्द्र अधिकारीलाई अध्ययक्ष , राधा कृष्ण मैनालीलाई बरिष्ठ उपाध्यक्ष , शिवराज गौतमलाई दाङ महाँसचिव बनाएर २,५ सदस्य कमिटि बन्यो । त्यसमा मोहनचन्द्रलाई तत्काल सार्वजनिक नगर्ने भनि राधा कृष्ण मैनालीलाई कार्यभाक अध्ययक्ष बनाएको थियो । तर आफुले जागिर छोडेर अफटयारो बेलामा आफुले संगठन बनाइयो । अहिले अरु नै संगठनमा आए भनेर मन कुडयाएका थिए । नयाँ बनेको संगठन भए पनि पहिलो जनआन्दोलनमा यसको भुमिका अतुलनिय थियो । तर आन्दोलन पछि पार्टि नै खुल्ला भए पछि यो संगठन त्यतिकै विघटन भयो ।
अहिले म संझन्छु यी साथिहरुलाई हिजो प्रजातन्त्र प्राप्तिका लागि आफुले आफनो सबै थोक दाउँमा राखेर अफटयारो बेलामा आन्दोलनमा लागेको देशमा लोकतन्त्र आए पछि उनिहरु मुलबाटो बाट धेरै जना हराए । त्यस मध्ये कति साथिहरु वितिसके बाँचेकाहरु पनि थोरै मात्रै अहिले पनि नेतृत्वदाई भुमिकामा छन । पृथ्वी सुब्बा गुरु¨ ४ नं प्रदेशको मुख्य मन्त्रि छन । शुसिल प्याकुरेल सुन्दै छ । राष्टूपतिका सल्लाकार छन अरे । सुमन प्युकुरेल राष्टिूय सभा सदस्य छन । खगराज अधिकारी संघिय सांसद छन । सोमनाथ अधिकारी प्यासी नेपाल कमिनिष्ट पार्टिको निर्वाचन आयुत्त छन । सुमन पयाकुरेल नेताको आर्शिवादमा नेकपा केन्द्रिय सदस्य पनि छन । जुन बेलामा टंक प्रसादले यो हुनाहार उदयमान युवा नेता हो भनेर मानिस पछि गणेशमानले नेपालको उदयमान युवा नेता भनेका पद्यम रत्न तुलाधर काठमाडौबाट दुइ तालि चुनाव जितेर दोस्रो तालि मनमोहन प्रधानमन्त्रि भएको बेलामा श्रममन्त्रि भएका थिए । त्यो बेलामा मैले भेटेको थिए । उनले त्यो बेलामा राम्रो काम गरेको भनेर जस पाएका थिए । तर पछि ता पार्टि छाडेर उनि पनि जातिय राज्य चाहियो भनेर लागेछन । एउटा मान अधिकार वादि संस्था लागे छन । मैले पछिल्लो बेला काठमाडौ विमान स्थलमा भेटेको थिए । त्यहाँ तपाईले त हामिलाई छाडनु भयो नि भन्दा छाडेको छैन म तपाईहरु कै हु भन्थे । गणेशमान र टंक प्रसादको सपना पनि तुहाई दिए उनले ।
त्यो बेलाका यी साथिहरु मध्येका मित्रलाल सुवेदि मोर¨ पहिले नै बित्नु भयो । दोर्णचार्य क्षेत्रि सांसद भएकै बेला २०५२ मा क्यानसरले वित्नु भयो । जागृत भेटवाल तत्कालिन नेकपा मालेको ९ औ महाँधिवेसनमा भेट भएको थियो । त्यो बेला बिरामी भए पनि पुरानो स्पीट छदै थियो । म केन्दीय कमिटिमा उठछु भन्नु भयो मैले सघाउँछु भनेको थिए । पछि उठनु भएन । उहाँ पनि सायद क्यानसर बाटै बित्नु भयो अव मैले वाँहालाई श्रद्धान्जली मात्रै दिने हो । सलिम मिया अन्सरी पहिलो आम निर्वाचनमा चुनाव जिते । दोस्रोमा पनि चुनाव जितेर मोहन प्रसाद मन्त्रि भएको बेलामा वनमन्त्रि थिए । त्यस पछि उनले पनि पार्टि छाडे पछि त सलिम राजा वादी भए । उनी पनि अव यो संसारमा छैनन । गोरेबहादुर खपा¨ी पहिलो जनआन्दोलन पछि क्षेत्रि वाहुनको विरोध गर्दै उनले एउटा जातिय संगठन बनाए । त्यहि बेलामा माला देवान सँग उनलाई भेटेको थिए । पुरानो एउटै मोर्चामा काम गरेको साथी भएर मैले गोरे जी तपाईले यो राम्रो गर्नु भएन । तपाई भविष्य बोकेको नेता हो भने । उनले म विग्रीएको छैन बल्ल मैले बुझेर आफनो ठाउँमा आए । त्यहाँ तिमीहरुले हामिलाई माथि जान दिदैनौ भने । मैले के गर्नु हुन्छ । जति गरे पनि अव तपाई एउटा सभासद हुन नसक्ने ठाउँमा पुग्नु भयो भने । उनले त्यो पछि हेर्नु होला भने । पछि साजाले प्रजातन्त्रलाई कुरेको बेला उनलाई राजाले मन्त्रि बनाए पछि सधै दशै बहिस्कार गर्नै गोरे राजाको हातबाट दशैमा टिका लगाउँन गए । उनी पनि अव यो संसारमा छैनन । उनको अघिल्लो योगदानलाई राज्यले बिर्षनु हुदैन ।
विगतमा मैले यी साथिहरु सँग बसेर काम गरेको थिए । यहाँ नाम भएका मध्येका जो जो जता जता भए पछिल्लो बेलामा लागेका भए पनि उनीहरुले उनिहर सँग प्रस्ताव उर्जा भएको बेलामा सबै थोक छाडेर निर्दलिय पंचायती व्यवस्था र निरंकुश राजतन्त्र को अन्त्य लोकतन्त्रका लागि जसरी लागेका थिए । अव पनि उनीहरले त्यो बेलामा गरेको योगदानको कदर गर्दै त्यसको मुल्या¨कन गरि मात्रदिए र मृतकलाई हार्दिकताका साथ समवेदना दिएर जीवनलाई पनि यथोचीत कदर गरि दिए । आउँने पिडीले समेत राज्यलाई घन्यवाद दिने थिए । अन्तिममा वितेकाहरुलाई हार्दिक संमवेदना दिदै जीवितहरु प्रति मेरो अटुट संझना रही रहने छ ।