धरान / नेपाल तामाङ महिला घेदुङ, धरान १५ को प्रथम साधारण सभा सम्पन्न भएको छ । महिला घेदुङ धरान १५ की अध्यक्ष तारा बम्जन तामाङको अध्यक्षतामा विहिबार भएको सभामा नेपाल तामाङ घेदुङका राष्ट्रिय सल्लाहकार सुजेन्द्र गोले प्रमुख अतिथि रहेका थिए । सभामा प्रदेश नं १ उपाध्यक्ष रामबहादुर ग्याबा, सुनसरी जिल्ला अध्यक्ष सुरज लामा पाख्रिन, धरान नगर अध्यक्ष प्रेम वाइवा, नगर सचिव राम योञ्जन, नेपाल तामाङ महिला घेदुङ, सुनसरीका अध्यक्ष विष्णु मोक्तान, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ धरानका पूर्व अध्यक्ष रमला पाख्रिन, ङ्यूने लाखाङ् गुम्वाका अध्यक्ष लोकबहादुर थिङ, टोल विकास समितिका अध्यक्ष टिका पाख्रिनलगायतले मन्तव्य राखे । सभामा सचिव माया गोलेले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कोपिला तामाङले वार्षिक आय व्यय प्रस्तुत गरेका थिए । धरान १५ का तामाङ महिलाहरु तारा तामाङ, सम्पूर्णा तामाङ, गंगा तामाङ, माया तामाङ, शान्ति तामाङ, बसन्ती तामाङ, मुना तामाङ, राधिका तामाङलगायतले तेन्पा लोपेन खेन्पो गरुवाट लामा भाषामा मानी मलम पाठ सम्बन्धि शिक्षा लिंदै आएको कार्यक्रममा जानकारी गराइएको छ । उनीहरुले मरीमरौ परेको घरमा गई दिवंगत आत्माको शान्तिको लागि मानी मलम पाठ गर्ने गरेको अध्यक्ष तारा बम्जनले बताए ।