चतरा / नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै वराहक्षेत्र नगरपालिकामा बजार अनुगमन तथा उपभोक्ता अधिकार विषयक अन्तर्क्रिया गरिएको छ ।  
अन्तर्क्रियामा सहभागीले वराहक्षेत्र नगरपालिकाले निर्माण गरेको कार्यविधिलाई कडाइका साथ पालन गर्नुपर्ने विचार राखेका छन् । 
वराहक्षेत्र नगरपालिकाको सभाहलमा भएको अन्तर्क्रियामा स्थानीय सरोकारवालाहरूले स्थानीय बजारलाई मर्यादित र व्यवस्थित ढङ्गले अघि बढाउनु पर्ने विचार राखे ।  
कार्यक्रममा बोल्दै  स्थानीय व्यवसायीका प्रतिनिधिले व्यापार–व्यवसाय निश्चित उद्देश्यका साथ स्थापना भएको हुनाले अनुगमनकर्ताले कुनै पनि द्वेष र पूर्वाग्रह नराखी अनुगमन गर्नुपर्ने सुझाव दिए ।
व्यापार–व्यवसायमा असर नपर्ने गरी सन्तुलित तरिकाले अनुगमन गरेको अवस्थामा सबै व्यवसायीले सहयोगी भूमिका निर्वाह गर्ने बताएका थिए ।