वराहक्षेत्र । सडक विभाग विराटनगरको चरम लापरवाहीले गर्दा,बन्दै गरेको चतरा वराहक्ष्ँेत्र सडक निर्माणको काम विचमै रोकिएपछि अलपत्र भएको छ ।

सडक निर्माणको मुख्य सरोकार वाला सडक विभागले आर्थिक समस्या देखाउँदै काम बन्द गरेपछि  चतराघाट देखि वराहक्षेत्र मन्दिर सम्मको पिच सडकको काम रोकिएको हो । ठप्प भएपछि यात्रुले सास्ती व्याहोर्न परेको छ ।

२०७१ सालमा दुहवी स्थित गितान्जली कन्सट्रक्सन प्रालि स“ग सम्झौता भएको,९ करोड लगानीको वराहक्षेत्र नगरपालिको वडा नम्बर १ स्थित चतराघाट देखि वराहक्षेत्र सम्मको ४ किलोमीटरको पक्की सडक यहि आर्थिक वर्षमा सम्पन्न हुनु पर्ने हो ।

सम्झौता अनुसार सडक ३ वर्षे समय सीमा भएको सडक,२०७४ सालमा निर्मँण सम्पन्न भईसक्नु पथ्र्यो तर ५ वर्ष लाग्दै गर्दा समेत सडक बन्न सकेकोमा स्थानियले गुनासो गरेका छन् ।

काम शुरु भएदेखि नै सडकको काममा अवरोध हु“दै आएको छ । ठेकेदार गितान्जलीले सडकको प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन नबुझाएको कारणले गर्दा वन विभागले डेढ वर्ष काम रोकीदिएको तत्कालिन महेन्द्रनगर चक्रघट्टी सेक्टर वन प्रमुख महेश साहले बतँए ।

वन लाई इआइए प्रतिवेदन बुझाए पछि पुनः शुरु भएको सडकको हाल सम्म हिल कटिङ्ग ,कजवे निर्माण र जाली लगाउ“ने काम मात्र भएको ठेकेदार कम्पनीले बतँएको छ ।

चाडवाड व्यस्त हुने उक्त सडक नबन्दा स्थानियहरु एक साथ दोहोर मारमा परेका छन् । गाडी नचल्दा एकातिर उनीहरु पैदल हिड्न बाध्य भएका छन् ।

भने अर्कोतीर वाटोमा हिड्दा, वर्षायाममा सडकको मोतीडांडा,धनसार र रानीखोलमा गएको ठूलो पहिरो सफा नहु“दा माथी अडकिएको रुख र चट्टान खसेर मरिन्छ की भन्ने डर स्थानिय हरि श्रेष्ठले बताए ।

धरान चतरा सडकको पनि उस्तै हालत

चतरा वराहक्ष्ँेत्र स“गै धरान चतराको काम पनि सडक विभागले शुरु गर्न सकेको छैन् । गैर जिम्मेवार सडक विभाग विराटनगर र ठेकेदार नागार्जुन कन्सट्रकसनले गर्दा, निर्माण शुरु भएर २ वर्ष मा सम्पन्न हुनुपर्ने धरान चतरा कालोपत्रे सडक को काम ६ वर्ष लाग्दै गर्दा काम सम्पन्न हुन सकेको छ्रैन् ।

२०७० साल फागुन २२ गते सडक विभाग विराटनगर र काठमान्डौ बालाजु स्थित ठेकेदार नागार्जुन कन्स्ट्रक्सन कम्पनी विच,ठेक्का नम्बर DROBRq337/070f|071/119 भएको थियो ।

सम्झौता अनुसार नार्गाजुनले २०७२ असार १५ गते सम्ममा १४ किलोमीटर लम्बाईको उक्त सडक को निर्माण सम्पन्न भईसक्नु हो ।

२०७५ साउन देखि शुरु भएको पिच सडक को अहिले धरान नपाको सर्दुखोला देखि पटनाली सम्म सरफेस ड्रेसिङ्ग ट्रिटमेन्टको काम भईरहेको सडक विभाग विराटनगरका पूर्व डिभिजनल इन्जिनीयर रञ्जित साहले बताए ।

६ करोड ४२ लाख १७ हजार १ सय १ रुपैंयाको ठेक्का लागत रहेको पिच सडकको अहिले सम्म ७ किलोमीटर सडक सम्पन्न भएको बताउ“दै ईन्जिनीयर साहले ठेकेदार लाई ४ करोड ३७ लाख ८७ हजार ९ सय ७० रुपैंया पेमेन्ट दिईसकेको बताए ।

ठेकेदारले सडक विभाग वाट भुक्तानी लिन बाकी रहेको २ करोड ४ लाख २९ हजार १ सय ३१ रुपैंया भित्रमा सडक बाकी रहेकोले ७ किलोमीटर सडक काम सम्पन्न भएपछि मूल्यांकनको आधारमा मात्र बाकी रकम ठेकेदार लाई दिईएको उनले जानकारी दिए ।

सम्झौता मिति वाट ७ दिन भित्रमा सञ्चालन हुनु पर्ने भएपनि ४ महिना ढिलो काम शुरु गरेको नागार्जुनले २०७० सालमा वराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ चतरा देखि खारखोला र बगुवा गाउ“ क्षेत्रमा करिव ६ किलोमीटर सडकमा मात्र काम गरेको थियो ।

२ वर्षमा सकिनु पर्ने र निर्माण भएको पिच सडक वर्ष दिन न वित्दै चतरा, बयरबन र जाग्रीत चौक लगायत ठाउ“ ठाउ“ सडक उप्कीएको स्थानियले गुनासो गरेका छन् ।

सडकको काममा यति विध्न ढिलासुस्ती किन ? जनता लाई दुःख दिने काम भएन् र ? भनेर सोध्दा सडक विभाग विराटनगरका डिभिजनल इन्जीनीयर जितेन्द्र चौधरीले, सडक स“ग एक पैसा छैन् ,सडकको काम प्रदेशमा गएको हुनाले सडक विभागले केही गर्न नसक्ने बताए ।

उनले चाडवाडमा आफ्नै खर्चमा वराहक्षेत्र चतरा सडकको मर्मतको काम सम्म गराउँन सकिने बतँए ।

धार्मिक पर्यटकिय वराहक्षेत्र मन्दिर सम्म जाने पक्की सडक नहु“दा स्थानिय का साथै श्रद्धालु पर्यटक लाई कठिन हु“दै आएको छ ।

एकले अर्का लाई दोष देखाएर पन्छिने प्रवृतिले गर्दा जनता मारमा परेका छन् । जनता लाई भारी बोकाउँने यस्तो कार्य लाई निरुत्साहित गरिनु पर्छ ।