ऐतिहासिक संविधान सभाले संविधान जारी भए संगै संघियता कार्यान्वयन हुदै छ । यस विच प्रदेशहरुको प्रशासनिक केन्द्र राजधानी कहा राख्ने भन्ने बहस भए पनि टुङगो लागी सकेको छैन । प्रदेशको केन्द्र निधारण गर्दा विगत वर्तमान र भविश्य लाई हेरेर गर्न आवश्यक छ । प्रदेशका सवै नागरिकहरु लाई कसरी सरल र सहज ढंगवाट राज्यको सेवा प्रवाह गर्न सकिन्छ भन्ने कुरा नै राजधानी निर्धारण मुख्य पाटो हो । यस सम्बन्धमा १ नं. प्रदेशको सवै नागरिक लाई पायक पर्ने स्थान कहा हुन सक्छ यहा भनी तुलनात्मक अध्यायन गरिएको छ । मुख्यत यातायातलाई आधार मानी निश्कर्ष निकालिएको छ । यहा २६ वटा पहुचमार्गहरुको अुमानित दुरी राखी ईटहरी , धरान, र धनकुटालाई केन्द्र मानी तुलात्मक अध्यान गरिएको छ ।
निष्कर्ष
१ नं. प्रदेको १४ वटै जिल्लाको सहज पहुचलाई मध्यनजर गर्दा धनकुटा पुग्ने २६ वटा पहुज मार्ग मध्ये १३ वटा पहुचमार्ग धरान हुदै जानु पर्ने देखिन्छ । भने ईटहरी पुग्न समेत १३ वटै पहुच मार्ग धरान हुदै जानु पर्ने हुन्छ । यस्तै ईटहरी हुदै धरान धनकुटा जान ९ वटा पहुचमार्ग पर्दछ भने धनकुटा हुदै धरान ईटहरी आउन ९ वटा पहुचमार्ग पर्द छ । धनकुटामा पहाडी जिल्लावाट आउने ११ वटा पहुचमार्ग छन् भने ईटहरीमा तराई अन्य पहाडी जिल्ला वाट आउने १४ पहुचमार्ग छन् । यस्तै धरानमा सिधै जोडीने पहाडी हिमाली जिल्लाको पहुचमार्ग ११ वटा छन् । तसर्थ यातायत सुविधाको हिसाबले १ नं प्रदेशको केन्द्र धरान नै देखीन्छ । धनकुटाको दक्षिण सागुरीगढी चौविसे गा.पा.हरुलाई अहिले नै धरान पायक परिरहेको छ । तमोर कोरीडोर र रविराके सडक पिच भए पछि ईलामको पर्वी भेग , ताप्लेजुङ र पाचथरका नागरिकलाई पनि धरान नै पायक पर्ने देखिन्छ । यस्तै भोजपुरको दक्षिण पश्चिम क्षेत्र, खोटाङको पुरै दक्षिण क्षेत्र लाई अहले नै धरान पायक परिरहेको छ । निर्माणधिन तमोर कोरीडो, सुनकोसी कोरीडोर , लेगुवा चतरा कोरीडोर, सगरमाथा लोकमार्ग, कटारी गाईघाट चतरा धरान केराबारी कधुमल्ला वैकल्पीक लोकमार्ग निर्माण पुरा भए पछि धरान नै १ नं. प्रदेशको सवै नागरिकहरुको सवै भन्दा पायक पर्ने देखीन्छ । मुख्यमन्त्रीको कार्यालय धरानमा राखी अन्य कार्यालयहरु सुनसरीको ईटहरी, तरहरा,बराहक्षेत्र, मोरङको सुन्दरदुलारी,ईन्द्रपुर ,केराबारी, उदयपुरको रामपुर, बेल्टार, र पर्यटन सम्बन्धी कार्यालय धनकुटाको सागुरीगढी, भेडेटार लगायतमा स्थानमा राख्दा सवैलाई समेटन सकिने देखिन्छ । यी क्षेत्रहरु धरानको २० कि.मी. भित्र पर्ने हुदा बैज्ञानिक हुने समेत देखिन्छ ।
(लेखक नेकपाका नेता तथा साविक ने.क.पा.(माओवादी केन्द्र) केन्द्रिय सदस्य हुनुहुन्छ ।)