शनिश्चरे, मोरङ/विश्व प्रेस स्वतन्त्रता दिवशमा अन्यत्र पत्रकार हक अधिकारको कुरा भए पनि मोरङका पत्रकारहरुले ‘पथरीमा बाल मजदुरको अवस्था’ को विषयमा चर्चा गर्दै प्रेश दिवश मनाएका छन् । नेपाल पत्रकार महासंघ मोरङको सम्पर्क कार्यालय पथरीले उत्तरपूर्वी मोरङका पत्रकारलाई समेटेर बुधबार अन्तरक्रिया गरेको हो । नगरपालिकाका सामुदायिक कार्यक्रम प्रमुख गणेश दुलालले नगरमा ३२ वटा बालक्लब दर्ता भएको जनाउँदै २०७७ सालसम्म बालमैत्री नगरपालिका घोषणा गर्ने योजना रहेको बताए । पत्रकार फिपराज वेघाले पथरी क्षेत्रमा बाल मजदुरको तथ्याङ्क ननिकालिएको भएपनि धेरै संख्यामा बाल मजदुर नरहेको बताए । पत्रकारहरु, अर्जुन जम्नेली राई, घनश्याम भण्डारी, सन्तोष राई सहितले प्रेस स्वतन्त्रताको विषय जोडेर बोलेका थिए । सुनसरीमा अन्तरक्रिया नेपाल पत्रकार महासंघ सुनसरी शाखाले इटहरीमा प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । विश्व प्रेस स्वतन्तता दिवसको अवसरमा बुधबार इटहरीमा महासंघ सुनसरी शाखाले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले पत्रकारको सुरक्षाका विषयमा सबै वर्ग सचेत हुनु पर्नेमा जोड दिए । सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीलेको प्रमुख आतिथ्यता भएको कार्यक्रम उनले जनताको पक्षमा वकालत गर्ने पत्रकारिताक्षेत्रलाई मर्यादित बनाउन सरकारी तवलबाट पनि लागि पर्ने विस्वास दिलाए । यस्तै नेपाल पत्रकार महासंघ पूर्वाञ्चल सह संयोजक गणेश लम्सालले पत्रकारिता क्षेत्रका समस्या भए पनि शुद्धता र स्वतन्त्र पत्रकारिताको क्षेत्रमा लागि पर्नु पर्नेमा जोड दिए ।  नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष अमर खड्काकाे अध्यक्षतामा कार्यक्रम भएकाे थियाे ।