गत सोमबार  भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवस विश्वभरि मनाइरह“दा नेपालमा ट्रान्सपरेन्सी इण्टरनेशनलले गरेको कार्यक्रमबाहेक अन्यत्र भएको सुनिएन । खासगरी सरकारीस्तरबाटै भ्रष्टाचारविरूद्धको जालो हटाउन यससम्बन्धी कार्यक्रम र सत्तासीनचेतना (जनचेतना हैन) जगाउने अभियान मुलुकैभरि हुनुपर्नेमा, भएन । अख्तियारले आफ्नै परिसरभित्र कार्यक्रम गरेर झारा टार्ने काम गरेको छ । जनताको मुखिञ्जेल हुनुपर्ने कार्यक्रममा आफ्नो शिर निहुरिने, गाला रातो हुने ठानेर होला, सार्वजनिक कार्यक्रमको आयोजना गरेको देखिएन । 

सरकार आफैले किन गर्छ ? भ्रष्टाचारको ढाकछोप गर्न गठबन्धन बनाएर गएका कुपात्रहरु जो जनताको भावनास“ग खेलवाड (इमोशनल ब्ल्याकमेलिङ) गर्न खप्पिस छ, उसैबाट आशा अपेक्षा गर्नु बेकार छ । अख्तियार भ्रष्टाचारको मामिलामा उदासीन छ, संवैधानिक नियुक्ति भएको निःस्वार्थ काम गर्ने परिपाटी बस्थ्यो होला, पार्टीको भागबण्डाबाट नियुक्त भएकाले अहिलेका अख्तियार प्रमुखबाट आशा राख्नु पनि उस्तै कुरा हो । ट्रान्सपरेन्सी इण्टरनेशनलले कार्यक्रम आयोजना गर्नुका साथै वार्षिक प्रतिवेदन त निकाल्छ तर जनस्तरसम्म गएर, सत्तासीनहरुसमेतलाई अभिमुखी गर्ने काम गरेको देखिँदैन, यसले गर्दा यो एनजीओले पनि डलर पचाउने काम मात्रै गरिरहेको देखिन्छ ।

सन् २०२३ को प्रतिवेदनअनुसार एक सय ८० देशमध्ये नेपाल चाहिँ भ्रष्टाचारमा  गर्नेमा एक सय आठौं स्थानमा पर्दछ । यो कुरा अख्तियार पनि स्वीकार गर्दछ । नेताहरु, सत्तासीनहरु पनि स्वीकार्छन्, तर व्यवहारमा अकुत सम्पत्ति भ्रष्टाचार गरिसक्दा पनि नपुगेको देखिन्छ । पलपलमा भ्रष्टाचार भइरहेको छ । खरिदारदेखि सुब्बा, अधिकृत हुँदै सचिव र मन्त्रीसम्म पुग्ने रकमको एउटा कुरा, माथिल्लै स्तरबाट सिधै मन्त्रीमण्डलस्तरीय हुने भ्रष्टाचारलगायतका अन्य प्रकृतिका भ्रष्टाचारले गा“जेको छ नेपालजस्तो अति विपन्न मुलुकलाई । भ्रष्टाचार गर्नु हुँदैन, नौलो जनवाद, समाजवादमा जनता सुखी र खुसी हुन्छन्, समृद्ध नेपाल सुखी नेपालीको भजन गाउनेहरु नै भ्रष्टाचारको आहालमा डुबेका छन् ।

कम्बोडियाको आजियाटामा हालका प्रधानमन्त्री केपी ओलीको भएको भनिएको लगानीको सम्बन्धमा दुर्गा प्रसाईंबाहेक अरु कसले खोजी ग¥यो ? खोजी गर्नुपर्ने दायित्व बोकेको अख्तियारले खोज्यो कि खोजेन, संसदीय समितिले खोज्यो कि खोजेन ? दुर्गा प्रसाईंलाई कष्टडीमा राखेपछि सबै सकियो, सेलायो भन्ने होला । केपी ओलीको दमक भ्युटावर उद्घाटनको बेला पूर्वाञ्चलभरिका सुरक्षाकर्मी भेला पार्नुको अर्थ के हो ? अब आफू सुरक्षित छैन भन्ने सन्देश दिन खोजेको जस्तो देखिन्छ । प्रचण्ड, झलनाथबाहेक अब गाला पड्काइमाग्ने पालो कसको भन्ने पनि आगामी दिनमा थाहै हुनेछ । महाकालीदेखिको अहिलेसम्म आउ“दा कतिसम्म भ्रष्टाचार भयो र त्यसको कति अंश मात्रै कम्बोडियामा लगानी भएको हो भन्ने कुरा पनि भविष्यमा खोतलिनेछ भन्ने आशा गरौं, तर यो अन्तर्राष्ट्रिय दिवसको दिन देखाउन मात्रै भए पनि कार्यक्रम चाहिँ देशैभरि गरेको भए कार्यक्रम त ग¥यो भन्ने पथ्र्यो ।