शालवाहनीय शाके १९४६ ने. सं. ११४५ वि. सं. २०८१ साल मङ्सिर २६ गते बुधबार, ११ डिसेम्बर २०२४, कालयुक्तनाम संवत्सर। मार्ग शुक्लपक्षको एकादशी तिथि भोलि ०१ः२७ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र रेवती १२ः०४  बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमा राशि मीन, सूर्याेदय ०६ः४४ बजे र सूर्यास्त ०५ः०९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहो¥याउनु पर्ने स्थिति आउन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। समस्या दर्शाउँदा शुभचिन्तकहरूले साथ दिनेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पछिका लागि सकारात्मक सङ्केत प्राप्त हुनेछ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ। प्रतिष्ठा एवम् लोकाचारका लागि फजुल खर्च भने बढ्न सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन् । ईष्र्या गर्नेहरूले काममा अवरोध पु¥याउलान् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्थितिले आकस्मिक खर्च बढाउनेछ । यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चुनौती चिर्दै काम बनाउन सकिनेछ । बुद्धिको उपयोगले फाइदा दिलाउन सक्छ । शुभचिन्तकहरूले साथ दिनेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । दिगो लाभ हुने काम प्रारम्भ हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ ।