भारत/आसम । साहित्य सभाको १६ औ स्वर्ण जयन्ती कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल, भारत र भुटान देशहरुबाट साहित्य, खेलकुद, नृत्य गरि विभिन्न बिदामा  प्रत्यक्ष रुपमा नेपालीलगायत स्थानिय आदिबासिहरुले भाग लिएका थिए भने उत्त कार्यक्रममा पाँच लाखको सहभागिता रहेको थियो ।

स्वर्ण जयन्ती कार्यक्रममा लोप हुँदै गएको नेपाली पन झल्किने पोशाक, ढाका टोपी खुकुरी तरबार गुन्द्री, ढोको नाम्लो ओख्ली लगायत विभिन्न पुर्खाहरुको चिनारी प्रदर्शन गरिएको थियो भने उत्त कार्यक्रम ४ दिन पछि समापन भएको छ।

कार्यक्रममा क्षेत्री, बाहुन, राई, लिम्बू, तामाङ, मगर, शेर्पा, दर्जी, बिश्वकर्मालगायत सबै जात जातिको सहकार्यमा उत्त कार्यक्रम भएको थियोे ।

आसम स्टेटका सिएम डा. हेमन्त विश्व शर्माको बाहुलीबाट कार्यक्रम उदधाटन भएको थियो भने शान्त्ती सुरक्षा निक्कै काड पारिएको आसम  गोलाघाट डिस्ट्रीकका हाम्रा सम्बादाता मधुकर राईले बताए ।