सदिभूमि गाँउपालिका धनकुटाले आर्थिक वर्ष ०८०÷०८१ को लागि ४५ करोड ६९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । 

पालिका उपाध्यक्ष रत्नश्वरी राईले ४५ करोड ६९ लाख ३५ हजार ६ सय २७ रुपैँयाको बजेट प्रस्तुत गरेकी हुन् । पालिकाले चालुतर्फ ६ करोड ५४ लाख ७७ हजार २ सय अनुमानित बजेट छुट्याएको छ ।

यस्तै शिक्षा, युवा तथा खेलकुद शाखा १ करोड ६२ लाख ५० हजार, वडा तर्फ १ करोड ६२ लाख ५० हजार, सडक तर्फ १ करोड ४५ लाख, संघीय सर्शत, विशेष र समपूरक अनुदान सञ्चालित योजनाहरु २३ करोड ३७ लाख १८ हजार, प्रदेश सशर्त र समपूरक अनुदानबाट सञ्चालित योजनाका लागि १ करोड ८८ लाख ८६ हजार, ह्युमन प्राक्टिससँगको साझेदारीमा विद्यालय पूर्वाधार निमार्णका लागि १ करोड ७९ लाख ५४ हजार ४ सय २६ रुपैयाँ छुट्याएको छ ।

पालिकाको वित्तीय समानीकरण अनुदान ८ करोड ५४ लाख, संघ सरकारबाट राजश्व वाँडफाड ७ करोड ६३ लाख ८७ हजार २ सय, प्रदेश सरकारबाट सवारी करको बाँडफाँड  २५ लाख ३ हजार, सशर्त अनुदान चालु र पुँजीगत २२ करोड १४ लाख १८ हजार, आन्तरिक राजश्व ७० लाख आम्दानी गर्ने अनुमान गरिएको छ ।