पाँचथरको कुम्मायक गाउँपालिकाले ३९ करोड ४१ लाख ७७ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

गाउँसभाको चौधौं अधिवेशनमा गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम ल्याएको हो । 

गाउँपालिकाका कर्मचारी, कृषक, शिक्षक, विद्यार्थीलगायत १८ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा २०७९ उत्कृष्ट सामुदायिक विद्यालय कुम्मायक–२ को सरस्वती आधारभूत विद्यालय रहेको छ ।

विद्यालयका प्रअ सूर्यप्रसाद लावतीलाई प्रशंसा–पत्र र नगदसहित सम्मान गरेको छ । सोही विद्यालयलाई एक लाख बराबरको एक थान ल्यापटप र प्रिन्टर प्रदान गरिएको छ । 

त्यस्तै उत्कृष्ट प्रअ पोस्टनाथ आचार्य, उत्कृष्ट शिक्षक कमलसिं सेर्मा, सामुदायिक विद्यालयको कक्षा–८ मा सर्वोत्कृष्ट अंक ल्याउने  विद्यार्थीतर्फ सिद्ध सरस्वती मा.वि कुम्मायक–२ की जेनिशा सेर्मा र संस्थागततर्फ सनराइज इङ्लिस बोर्डिङ स्कुलका मिसेक लावती लाई सम्मान गरिएको छ । उनीहरुलाई सम्मान–पत्र र नगद पुरस्कार प्रदान  गरिएको  हो । 

त्यस्तै गाउँपालिकाको सेवा प्रभाह प्रभावकारी ढंगबाट संचालन गरेको भन्दै उत्कृष्ट कर्मचारीको रुपमा आर्थिक प्रशासन शाखाका लेखापाल विपिन निरौला, पशुपंक्षी सेवा शाखाका प.स्वा.प्रा. कपिलदेव मल्ल र ना.प.स्वा.प्रा. कोविद सुब्बा प्राविधिक शाखाका अ.स.ई. डिल्लीराम रिजाल, वडा नं. ३ का स्वास्थ्यकर्मी अहेब बुद्धिप्रसाद आचार्य, कार्यालय सहयोगी नेत्र गजुरेल र पशुपंक्षी सेवा शाखाबाट सेवा निवृत्त भएर जाने तेजबहादुर अगुवा सम्मानित भएका छन् । 

त्यस्तै २०७९ को गाउँपालिकाको उत्कृष्ट कृषकतर्फ तेजप्रकाश लावती र मकरबहादुर तामाङलाई सम्मान गरिएको थियो ।

त्यस्तै विद्यालयको शैक्षिक र व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट काम गर्ने कुम्मायक–५ को कागेश्वरी आधारभूत विद्यालयका वि.व्य.स. अध्यक्ष देउमान थापा, उत्कृष्ट निर्माण व्यवसायी अधिकारी निर्माण सेवा फिदिम, सेवा निवृत्त निवर्तमान कुम्मायक शिक्षक महासंघका अध्यक्ष प्रकाश मणि बिसी र पूर्व शिक्षा शाखा प्रमुख एगेन्द्रबहादुर खड्कालाई समेत सम्मान गरिएको थियो ।