पाँचथरको एक मात्र नागरपालिका फिदिम नगरपालिकाले ९६ करोड ९५ लाख ७९ हजार ९ सय २६ रुपैयाँ बजेटसहितको नीति कार्यक्रम सार्वजनिक गरेको छ । 

फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेको अध्यक्षतामा भएको १३ औं नगरसभामा नगर उपप्रमुख राधाकृष्ण न्यौपानेले बजेटसँगै नीति र कार्यक्रम सार्वजनिक गरे । 

नगरपालिकाले आगमी आर्थिक वर्षमा एक वडा एक उत्पादन र विद्यार्थीका लागि पढ्दै कमाउँदै कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । यस्तै नीति तथा कार्यक्रममार्फत् कृषि, पशुपालन र सुशासनसँगै पर्यटन र पूर्वाधार विकासमा पनि नगरपालिकाले बजेट विनियोजन गरेको छ । नगरपालिकाले मुख्य कार्यक्रमअन्तर्गत १८ वुद्धामा सार्वजनिक गरेको छ । जसमध्ये उज्यालो नगरको लागि सडक बत्ती, सबै र सधैंका लागि शिक्षा, ‘साहाराको लागि नगरपालिका’ अभियान, एक वडा एक उत्पादन लगायत अभियान छन् ।

जिल्लाको एक नगरपालिका सहित आठ वटै स्थानीय तहले नीति र तथा कार्यक्रमसँगै बजेट पनि पेश गरेका छन् । जिल्लाका ८ मध्ये ६ वटा स्थानीय तहले असार १० गते नीति र कार्यक्रमसँगै बजेट पेश गरेका छन्  भने जिल्लाको फाल्गुनन्द गाउँपालिकाले असार ६ र मिक्लाजुङ गाउँपालिका पाँचथरले असार ८ गते नै बजेटसँगै नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् । पाँचथरका सबै स्थानीय तहले केन्द्र र प्रदेशबाट आउने वित्तीय समानीकरण र राजश्व बाँडफाँटको रकम घटेपछि पुरानै कार्यक्रमलाई निरन्तरता दिएको बताएका जनाएका छन् ।