रुसको दक्षिणपश्चिमी ताम्बोभ क्षेत्रमा मंगलबार भएको बारूद कारखानामा विस्फोटबाट भएको आगलागीमा परी कम्तीमा चार जनाको मृत्यु हुनाको साथै अन्य दुई जना घाइते भएका छन् ।

कोटोभस्क शहरमा रहेको बारूद कारखानाको भवनमा विस्फोट भएको हो । विस्फोटबाट लागेको आगो केही समयपछि निभाइएको तास समाचार एजेन्सीले जनाएको छ ।

‘मानवीय त्रुटिका कारण उक्त घटना भएको थियो । म कुनै शंका नगरी भन्न सक्छु – यो आतंकवादी हमला थिएन । यद्यपि त्यहाँ कुनै हताहती भने भएन ।’ ताम्बोभ क्षेत्रका प्रमुख म्याक्सिम येगोरोभले भनेका छन् ।

उनले  दुर्घटनाबाट प्लान्टका कामदार वा छिमेकी बस्तीका बासिन्दाहरूलाई कुनै पनि कुराले खतरा नरहेको बताएका छन् ।

दुर्घटना बारे छानबिन भइरहेको छ ।

– रासस