प्रति केजी ३ सय ६० रुपैयाँ रहेको धराने कालो बङ्गुरको मासुकाे मूल्य समायोजन गरी प्रतिकेजी ४ सय रुपैयाँ पुर्याइएको छ ।

आइतबार धरान उपप्रमुख अइन्द्रविक्रम बेघाको संयोजकत्व र नगर प्रमुख हर्कराज राईको विशेष उपस्तिथिमा मासु व्यवसायी, बङ्गुर पालक किसानलगायतको बैठकले मूल्य समायोजनको निर्णय गरेको हो ।



dharane kalo bangur mulya samayojan

३६० रुपैयाँ प्रतिकेजी रहेकाे बङ्गुरको मासुकाे मूल्य असार १ गतेदेखि धरान मासु व्यवसायी संघले ६० रुपैयाँ बृद्धि गरेर प्रतिकिलो ४२० रुपैयाF बनाएको थियो ।
धरानमा बङ्गुरको मासुको अस्वभाविक  मूल्य वृद्धि  गरेकाे भन्दै उपभाेक्ताहरूमा गुनासो बढिरहेको थियो । शनिबार पूर्व नगरप्रमुख मनोजकुमार मेन्याङ्बोले सामाजिक सन्जालमार्फत बङ्गुरको मासुको मूल्य अस्वभाविक वृद्धि भएको भन्दै अनुगमन समितिको ध्यानाकर्षण गराएका थिए ।

देशविदेशमा मनपराइएको र उच्च माग रहेको धराने कालो बङ्गुर धरानमा मात्रै ६ हजारभन्दा बढी विक्री हुने धरान मासु व्यवसायी सङ्घको तथ्याङ्क छ ।