धरान । एनसेलले आईसीएसआईडी मध्यस्थताको निर्णय प्राप्त गरेको छ ।
आजियाटा इन्भेस्टमेन्ट्स (युके) लिमिटेड र एनसेल आजियाटा लिमिटेडले ग्रेट ब्रिटेन र उत्तरी आयरल्यान्डको संयुक्त अधिराज्य र नेपाल सरकारबीच द्विपक्षीय लगानी प्रवद्र्घन र संरक्षण सम्झौताअनुसार आफ्ना दाबीहरू राखेको थियो ।
नेपालविरुद्ध आजियाटा युकेले सन् २०१६ मा एनसेलको ८० प्रतिशत शेयर अप्रत्यक्षरूपमा कारोबार गर्दा नेपालले लगाएको पुँजीगत लाभकरका सम्बन्धमा मध्यस्थता गरिदिन निवेदन दिएको थियो । इन्टरनेसनल सेन्टर फर दी सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट(आईसीएसआईडी) ले आफ्नो मध्यस्थता कारबाहीसम्बन्धी निर्णय दिएको आजियाटा गु्रप बरहादले जनाएको छ ।
आईसीएसआईडी कन्भेन्सनको धारा ३७ (२)(बी) अनुसार गठन भएको न्यायाधीकरणले जेठ २६ गते आजियाटा युके र एनसेलले गरेको दाबी खारेज गर्दै आफ्नो निर्णय दिएको हो । न्यायाधीकरणले आजियाटा युके र एनसेललाई निश्चित रकम भुक्तानी गर्न पनि नेपाललाई आदेश दिइएको छ । आजियाटालाई र एनसेलले लिएको ऋणसहित १४ लाख अमेरिकी डलर रहेको छ । निर्णयसँगै आजियाटा युके र एनसेलले कुनै रकम तिर्न बाँकी रहेको छैन ।