आइसल्याण्डले मस्कोमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरे। आइसल्याण्डले रेक्जाभिकमा रूसद्वारा भएका गतिविध बन्द गर्न आग्रह पनि गरेकाे छ । याेसंगै चिसिदै गएकाे रूस र आइसल्याण्ड विचकाे सम्बन्ध झनबढी चिसिदै गएकाे छ ।
रूसले आइसल्याण्डकाे पछिललाे निर्णयले दुई देशबीचको सम्बन्ध बिगारेको आरोप लगाए । आइसल्याण्डकाे निर्णयकाे प्रतिउत्तर दिँदै शनिबार रूसी अधिकारीले भने'आइसल्याण्ड मस्कोमा आफ्नो दूतावास सञ्चालन स्थगन गर्ने पहिलो देश बनेपछि हामी त्यसको जवाफ दिनेछौं,' । रुसी विदेश मन्त्रालयले आइसल्याण्डले दुई देशबीचको सम्बन्ध बिगारेको भन्दै रुसी विरोधी कदमको जवाफ अवश्य दिइने बताएका छन् ।
उनले भविष्यमा आइसल्याण्डसँग सम्बन्ध स्थापना गर्दा याे निर्णयलाई ध्यानमा राख्ने भन्दै, आइसल्याण्डकाे यो कदमले आगामी समयकालागि सतर्क बनाएकाे टिप्णी समेत गरेका छन् । शुक्रबार आइसल्याण्डले मस्कोस्थित आफ्नो दूतावासमा अगष्ट १ देखि काम बन्द गर्ने घोषणा गरेको थियाे ।
साथै उसले रुसलाई रेक्जाभिकमा आफ्नो अपरेशन सीमित गर्न पनि भनेको थियाे । आइसल्याण्डका विदेशमन्त्री थोरिस गुइल्फडोटिरले आइसल्याण्डको सानो विदेश सेवाका लागि रुसमा दूतावास सञ्चालन गर्न सजिलो नभएको बताएका थिए । दूतावास बन्द गर्ने सङ्केत पाएपछि शुक्रबार मस्कोस्थित दूतावासमा झुण्ड्याइएको आइसल्यान्डको झन्डा तल झारेका थिए ।
आइसल्याण्डको विदेश मन्त्रालयले यो निर्णयले कुटनीतिक सम्बन्ध विच्छेद नभएको बताएको छ ।