भारतीय मौसममा विज्ञान विभागले आइतबार मध्य–पूर्वी अरब सागरमाथि चक्रवाती तुफान " बिपरजाँय" खतरनाक तुफानको रुपमा बदलिने बताएको छ ।
उक्त तुफानको असर अरब सागरका आसपासका राष्ट्रहरुका साथै पकिस्तानसम्म देखिने बताएको छ । जुन १५ सम्मा पाकिस्तान र त्यससंग जोडिएका तटीय क्षेत्रहरुमा चक्रवाती तुफान बिपरजाँया पुग्ने भारतीय मौसम विभागको अनुमान छ ।
तटीय क्षेत्रमा केही समय देखि तुफान देखिदै आएको भएपनि तुफान विपतको रुपमा भयानक हुने अनुमान गरिएको छ । अघिल्लो छ घण्टामा यो अझ बढी तेज र खतरनाक हुने बताइएको छ ।
जसका कारण धेरै तटिय क्षेत्रमा यसको असर देखिने विभागले बताएको छ । विभागका अनुसार यो उत्तर तर्फ गइरको छ ।