सोमालियाको राजधानी मेगादिशुको एक होटलमा आतंककारी संगठन अन-शबाबले हमला गर्दा ९ जनाको मृत्यु भएको छ, भने २० जना घाइते भनेको सोमालीयन संचारमाध्यमहरुले जनाएका छन् ।

सुरक्षाकर्मी र अतंककारी बिच भनेको ६ घण्टा लामो संघर्षमा ३ सैनिकको मृत्यु हुनुका साथै सबै हमलाकारीको मृत्यु भएको संचारमाध्यमहरुले जनाएका छन् ।

होटेलभित्र रहेका ८० जनालाई सुरक्षित बाहिर निकालिएको बताइएको छ । हमला भएको उक्त होटलमा सरकरी उच्च अधिकारीहरुको आवतजावत हुने गरेको बताइएको छ ।

सोमालीयाको उक्त चरमपन्थी समुहले सहरका हाइप्रोफाइल क्षेत्रहरुमा हमला गर्दै आएका छन् ।