अमेरिकाको सान फ्रान्सिस्कोमा गोलीवारी हुँदा कम्तीमा नौ जना घाइते भएका छन् ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार मिसन डिस्ट्रिक्टमा भएको गोलीबारीमा कम्तीमा नौ जना घाइते भएका हुन् । प्रहरीका अनुसार यो आक्रमण लक्षित गरी गरिएको हो । सान फ्रान्सिस्कोका एक प्रहरी अधिकारीले गोली चलेको घटनाबारे जानकारी दिँदै एक पार्टीका क्रममा गोली चलेको बताएका छन् । घाइते सबैको अवस्था स्थिर रहेको छ ।
सान फ्रान्सिस्को बोर्ड अफ सुपरभाइजरका एक सदस्यका सहयोगी सान्टियागो लेर्माले कम्तीमा पाँच जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको जानकारी दिए । तीमध्ये एक जनाको शल्यक्रिया गर्नुपर्ने बताएका छन् । यसबाहेक चार जना सामान्य घाइते भएका छन्, जसको उपचार भइरहेको छ ।
सञ्चारमाध्यमका अनुसार स्थानीय समयअनुसार राति ९ बजेतिर मिसन डिस्ट्रिक्टमा प्रहरी अधिकारीलाई बोलाइएको थियो । प्रहरी अधिकारीहरू घटनास्थमा पुग्दा गाेलीवारीपछि घटना स्थलमा घाइतेहरू घक्षतेहरू छटपटाइरहेका थिए । हाल प्रहरीले कसैलाई पनि पक्राउ गरिएको बारे जानकारी दिएका छैनन्।
अमेरिकाको कन्सास सिटीमा पनि गोलीचलेको खबर आएको छ । गोली चल्दा दुई जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
कन्सास सिटीका ४२ वर्षीय मार्सेल टी नेल्सन र गार्डनरका ४२ वर्षीय क्रिस्टन फेयरचाइल्डको मृत्यु भएको हो । घाक्षतृ एक जनाकाे अवस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ । घटनामा संलग्नताकाे अाशंकामा प्रहरीले दुई जना पक्राउ परेकाे छ । उक्त घटना म्याकडोनल्ड्स रेस्टुरेन्टमा राति ९ बजेतिर भएकाे स्थानिय सञ्चारमाध्यमले जनाएकाे छ।