लागुऔषध तस्करी विरुद्धको ठूलो पछिल्लो कारबाहीमा प्रहरीले  भारतको छत्तीसगढको महासमुन्ड जिल्लामा गाँजा ओसारपसारमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ   ।

उनीहरूबाट  करिब १.२५ करोड रुपैयाँ बराबरको गाजा बरामद भएको छ ।

गाँजा ओसारपसार गरेको बारे विशेष सूचना पाएपछि प्रहरी टोलीले ट्रकलाई रोकेर खानतलासि गर्दा लागुऔषध बरामद गरेको महासमुण्डका प्रहरी उपरीक्षक (एसपी) धर्मेन्द्र सिंहले बताएका छन् ।

खोजीका क्रममा प्रहरीले ५०० केजी गाँजा बरामद गरेको  बताउँदै बरामद गाजाको मूल्य करिब १ करोड २५ लाख  बराबर रहेको बताएका छन् ।