युक्रेनको दक्षिणी भागमा रहेको एक प्रमुख जलविद्युत बाँध  (काखोवका) भत्किएपछि आपतकालिन अभियानका क्रममा सयौं मानिस आफ्नो घर छोड्न बाध्य भएकाे त्यहा स्थितत राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। सञ्चारमाध्यमहरूका अनुसार  निप्रो नदीको किनारमा रहेका एक हजार ८०० भन्दा बढी घर डुबानमा परेका छन् भने करिब एक हजार ५०० मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।


अर्कोतर्फ उक्त क्षेत्रमा तोप र गोलाबारीको आवाज पनि सुनिएको थियो । 'आगामी २० घण्टामा पानीको सतह अझै एक मिटर बढ्ने अनुमान गरिएको छ,' एक अधिकारीले भने, 'यसले निप्रोको किनारा र अझ तल्लो क्षेत्रलाई समेट्नेछ ।

 धेरै स्थानीयले डरले छतमा रात बिताएका थिए। उनीहरूलाई अत्यावश्यक सामानबोकेर  बस र रेलबाट बाहिर निकाल्ने प्रयास गरिएको सञ्जामाध्यमहरूले उल्लेख गरेका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नोभा काखोभका बाँध ध्वस्त हुनुलाई सामूहिक विनाशको वातावरणीय बमको संज्ञा दिएका छन् । यसले ८० वटा शहर र गाउँहरूमा बाढीको खतरा सिर्जना गरेको छ। जेलेन्स्कीले यसका लागि रुसलाई दोष दिएका  छन् ।

रुसी सुरक्षा परिषद्का सचिव निकोलाई पेत्रोशेभले काखोभका बाँध फुट्नुमा अमेरिका, बेलायत र उसका नेटो सहयोगी राष्ट्रले जिम्मेवारी लिनुपर्ने बताएका छन् । यी देशहरु युक्रेनमा बम प्रहार गर्न सहमत भएको उनले बताए । बाँध भत्किँदा युक्रेनको दक्षिणी खेरसनको ठूलो भाग डुबानमा परेको थियो । दुवै देशले एकअर्कालाई बाँध भत्काएको आरोप लगाउँदै आएका छन् ।