यस वर्षको पहिलो पाँच महिनामा एक करोडभन्दा बढी पर्यटक हङकङ भ्रमण गरेका छन् । 

सन् २०२३ को उत्तरार्धमा पर्यटन पुनरुत्थानका लागि सकारात्मक दृष्टिकोणको संकेत गरेको हङकङ पर्यटन बोर्ड (एचकेटीबी) ले शुक्रबार पर्यटकको आगमन अपेक्षाकृत भएको जनाएको छ ।

एचकेटीबीको तथ्यांकअनुसार मे महिनामा चीन र दक्षिणपूर्वी एसियाबाट आउने आगन्तुकहरूको सङ्ख्या महामारीपूर्वको स्तरको ६० प्रतिशतभन्दा बढी पुगेको छ ।

चीनबाट हङकङ प्रवेश गर्न अधिक पर्यटकहरूले उच्च गतिको रेल लिंकको प्रयोग गरेका थिए । पर्यटकमध्ये २० प्रतिशत रेल सेवाको लागि छनौट गरको तथ्यांकले देखाएको छ ।

एचकेटीबीले विश्वभरका आगन्तुकहरूलाई आकर्षित गर्न वर्षको उत्तरार्धमा सात प्रमुख कार्यक्रमहरू सुरु गर्नेछ, जसमा चार वर्षको अन्तरालपछि जुन २४ देखि २५ सम्म हङकङ अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’ को आयोजना पनि समावेश छ ।

– रासस