चिनियाँ अधिकारीहरूले शुक्रबार दक्षिणपश्चिम चीनको चोङकिङ, सिचुआन र गुइझोउ र देशको उत्तरपश्चिममा पर्ने शान्सी क्षेत्रमामा वर्षाका कारण हुन सक्ने सम्भावित भूगर्भीय प्रकोपका लागि पहेंलो चेतावनी जारी गरेका छन् ।
प्राकृतिक सम्पदा मन्त्रालय र मौसम प्रशासनले ती क्षेत्रहरूमा शुक्रबार बेलुका ८ बजेदेखि शनिबार बेलुका ८ बजेसम्म वर्षाका कारण हुने भूगर्भीय प्रकोपको जोखिमबारे चेतावनी दिएको थियो ।
स्थानीय बासिन्दाहरूलाई सावधानी अपनाउन सल्लाह दिइएको छ ।
चीनसँग भूवैज्ञानिक प्रकोपहरूको लागि तीन–स्तरीय, रंग–कोड गरिएको मौसम चेतावनी प्रणाली छ, रातोले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्दछ, त्यसपछि सुन्तला र पहेंलो रंगले क्रमशः कम खतराको संकेत गर्दछ ।
– रासस