लेबनानका सार्वजनिक सुरक्षा महानिर्देशक इलियास अल–बाइसारीले बिहीबार संयुक्त राष्ट्रसङ्घको शरणार्थी उच्च आयुक्तलाई विस्थापित सिरियालीहरूको तथ्याङ्क उपलब्ध गराउन आह्वान गरेका छन् ।
“मैले यूएनएचसीआरका अधिकारीहरूलाई बिनासर्त विस्थापित सिरियालीहरूको तथ्याङ्क उपलब्ध गराउन आग्रह गरेको छु”, अल–बाइसारीले भन्नु भएको एल्नाश्रा समाचार वेबसाइटले उल्लेख गरेको छ ।
लेबनान सरकारले सिरियाली शरणार्थीहरूलाई आफ्नो मातृभूमिमा सुरक्षित फिर्ता गर्ने लक्ष्य राखेको छ । लेबनानको आन्तरिक सुरक्षा र आर्थिक अवस्थाले उनीहरूलाई त्यहाँ बस्न असजिलो देखिन्छ ।
यूएनएचसीआरले यसअघि सिरिया सुरक्षित नभएको भन्दै शरणार्थी फिर्ताका लागि लेबनानले प्रस्ताव गरेको योजनालाई अस्वीकार गरेको थियो ।
लेबनानका विदेश मामिला मन्त्री अब्दल्लाह बो हबिबले पहिले लेबनानमा लगभग २० लाख सिरियाली शरणार्थीहरू रहेको र यो सङ्ख्या लेबनानी समाजको संरचनालाई बाधा पुर्याउने खतरा रहेको बताएका थिए ।