प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा दिल्लीबाट उद्घाटन गरेको रेल विराटनगर आइपुगेको छ ।
विराटनगर १८ स्थित कस्टम यार्डमा आज भारतबाट रेल आएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणकै बेला विराटनगरसम्म कार्गो रेल आएको हो ।
उक्त रेल भारतको बथनाहाबाट विराटनगर आको छ । कार्गो रेल पहिलो पटक आउने भएपछि विराटनगरको कस्टम यार्ड सिँगारिएको छ । रेल हेर्न स्थानीयको भीड लागेको छ । उद्योगी व्यवसायीले रेललाई स्वागत गरेका छन् । फूल मालाले सिँगारेर रेललाई पनि चिटिक्क पारिएको छ ।