सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि आठ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरेको छ । 

अर्थमन्त्री डा प्रकाशशरण महतले आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । 

चालु आवमा सञ्चारमा आठ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।