देउराली । सरकारको धरानको कृषि उपज थोक बजारमा विषादी अवशेष परीक्षण प्रयोगशाला निर्माण गरिने भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाश शरण महतले धरान, सिन्धुली, धनुषा, कावासोती सहित ७ स्थानका कृषि उपज थोक बजारमा विषादी अवशेष परीक्षण प्रयोगशाला विस्तार गरिने घोषणा गरेका हुन् ।
उनले खाद्यान्नमा हुने विषादीको अवशेष परीक्षण प्रयोगशाला विस्तार गरिने बताएका हुन् ।