हङकङ– गैर अावासिय नेपाली संघ, हङकङले ७० अाैं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाएकाे छ ।

संघले अाइतबार वाेङ ताई सिनदेखि लाेक्फु सम्म हाईकिङ गरेर सगरमाथा दिवस मनाएकाे हाे । साे हाईकिङमा हङकङका विभिन्न क्षेत्रका व्यक्तित्वहरु सहभागी थिए ।

त्यसैगरी नेपाली महावाणिज्य दुतावास हङकङ र हङकङ नेपाली महासंघले संयुक्त रुपमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाएका छन् । 

७० औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा आईतबार हङकङको याउ मा ताईमा आयोजीत विशेष कार्यक्रममा कृतिमानी सगरमाथा आरोही कामीरिता शेर्पाको आरोहण कथाका आधारित डकुमेन्ट्री ‘एभरेष्ट म्यान’ प्रदर्शन गरियो । त्यस्तै डकुमेन्ट्रीका निर्देशक विनोद अधिकारी र हङकङका सगरमाथा आरोहीहरुसँग भेटघाट, नेपाली संस्कृति प्रदर्शन लगायतका कार्यक्रम गरिएको हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङले जानकारी दिईन् । कार्यक्रम भव्य रुपमा सफल भएको उनले बताईन् ।  

सन् १९५३ मे २९ मा तेञ्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसैको सम्झनामा हरेक वर्ष मे २९का दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने गरिन्छ । 

फोटो : जगत अम्बु गुरुङ, हङकङ 

everest day hk (2)