युरोपेली जनगणना ब्युरोले जनाए अनुसार गत महिनामा नौ हजार भन्दा बढी अफगान नागरिकहरूले ईयु सदस्य राष्ट्रहरूमा शरणका लागि आवेदन दिएका छन् ।  खामा प्रेस अनुसार यसरी शरण आवेदनहरू दिने एकै महिनाको यो आकँडा उच्च हो । 

युरोपेली जनगणना ब्युरोका अनुसार चालु वर्षको शुरुमा युरोपेली संघका सदस्य राष्ट्रहरूमा शरणार्थीको चासो गत वर्षको तुलनामा ४० प्रतिशतले बढेको छ । बिहीबार मासिक प्रतिवेदन सार्वजनिक गर्दै युरोपेली जनगणना ब्युरोले फेब्रुअरीमा मात्रै ७६ हजार ५०० व्यक्तिले ईयुमा शरणका लागि आवेदन बुझाएका छन् । यो संख्या गत वर्षको तुलनामा ४० प्रतिशतले वृद्धि भएको देखिएको छ ।

उपलब्ध तथ्यांकका आधारमा गत वर्षको फेब्रुअरीमा शरणका लागि आवेदन दिनेको प्रारम्भिक संख्या ५४,३७० रहेको थियो ।

तथ्यांक अनुसार सिरियाली र अफगानिस्तानहरू पछिल्ला वर्षहरूमा इयु  सदस्य राष्ट्रहरूमा शरण खोज्नेहरूको सबैभन्दा ठूलो समूह हा े।

त्यसैगरी शरण आवेदनको ७७ प्रतिशत स्पेनमामा मात्र केन्द्रित छ भने 

जर्मनी, फ्रान्स र इटाली क्रमशः परेका रोजाइमा छन् । खामा प्रेसका अनुसार जर्मनीले मात्रै फेब्रुअरीमा २५,००० भन्दा बढी आवेदनहरू प्राप्त गरेको छ ।

युरोपेली संख्को तथ्यांक अनुसार नयाँ शरणार्थीहरूमध्ये २,७४५ अभिभावक विहीन नाबालिग छन् भने १,०२५ अफगान नागरिक छन् ।