धरान । मोटरसाइकल कम्पनी बजाजले ‘सुनेर हैन हेरेर मात्र पत्याउँ’ नामक जनचेतनामूलक क्याम्पेन सुरु गरेको छ ।

बजारमा कतिपय नक्कली स्पेयर पार्ट्सहरू बिक्री वितरण भइरहेको भन्दै कम्पनीले त्यस्ता नक्कली स्पेयर पार्ट्सबाट उपभोक्ता नठगिउन् भन्ने उद्देश्यले यस्तो क्याम्पेन सञ्चालन गरिएको कम्पनीले विज्ञप्तिमार्फत् जनाएको छ ।

यो क्याम्पेनमार्फत् उपभोक्ताहरूलाई आफ्ना आधिकारिक वर्कसपहरूमा पाइने गुलावी स्टिकर टाँसिएका स्पेयर्स पाटर्सहरू नै सक्कली हुन् र यिनै सक्कली स्पेयर पार्ट्स नै किन्न सचेत बनाउन खोजिएको विज्ञप्तिमा उल्लेख छ ।

कसैले भनेकै आधारमा स्पेयर पार्ट्सहरू चयन गर्दा त्यो नक्कली पनि पर्नसक्छ तर, आफैले गुलावी रङको स्टिकर हेरेर स्पेयर पार्ट्स किनेमा आफू निश्चिन्त हुन सकिन्छ भन्ने सन्देश दिन लागिएको कम्पनीले जनाएको छ ।