सहकारी संस्थाप्रति अभियानका नाममा धावा बोलेको भन्दै झापाका सहकारीकर्मीले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।

राज्यको नियम मानेर सञ्चालित सहकारी विरुद्ध धावा बोल्दै राज्यको उपस्थितिलाई नै नकार्ने गरी अभिव्यक्ति आउनु दुःखद रहेको भन्दै अभियानका तर्फबाट तीन बुँदे ध्यानाकर्षण पत्र सभामुख घिमिरेलाई आज अभियानकर्मीले बुझाएका हुन् । 

अभियानकर्मीको प्रतिनिधित्व गर्दै महेन्द्रकुमार गिरीले सभामुख घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएकाहशुन् । उनले अभियानका नाममा सहकारी क्षेत्रमाथि बोलिदैँ  आएका धावा नियन्त्रण गर्न माग गरे। तीन बुँदे ध्यानाकर्षण पत्रमा सहकारी संस्थामा सदस्यले निक्षेप तथा बचतमा रु २५ लाख मात्र राख्न पाउने सहकारी ऐन, २०७४ को दफा ५२ मा गरिएको व्यवस्था संशोधन गर्न लागिएको भन्दै त्यसलाई सच्याउन माग गरिएको छ । सहकारी संस्थाको नियमन राष्ट्र बंैकले गर्नुको सट्टा सेकेण्ड टायर इन्स्टिच्युटमार्फत नियमन गर्ने व्यवस्था मिलाउन भनिएको छ । 

सहकारी अभियानकर्मीले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख घिमिरेले बैंक र वित्तीय क्षेत्रको नियमनका लागि नयाँ विधेयक संसद्मा छलफलको क्रममा रहकाले अभियानकर्मीले बुझाएको ध्यानकर्षणका बुँदा पनि समेटिने जानकारी दिए ।