धरान । शिवम् सिमेन्टको उपहार योजनाको दोस्रो चरणको लक्की ड्र सार्वजनिक गरिएको छ ।
शिवम्सँग उपहार टन्न उपहार योजनाको मासिक लक्की ड्र सार्वजनिक गरिएको हो । लक्की ड्रको दोस्रो महिनाको भाग्यशाली विजेतामा उपभोक्ताबाट बागमती र पोखरा क्षेत्रबाट विकास कोइराला र उपत्यकाबाहिरबाट रामप्रवेश यादवले थाइल्यान्ड भ्रमणको अवसर पाएका छन् ।
त्यस्तै दोस्रो पुरस्कार दिया लक्ष्मी, शिवराज उप्रेती, साकुरा पावर र रौनककुमार झासहित ४ जोडीले हेलीटुरको अवसर पाएका छन् । तेस्रो हुनेमा फेवा कन्स्ट्रक्सन, दीपेन्द्रकुमार झा, केशव कुमार, शर्मिला केसी, नितु मानन्धरसहित ६ जनाले आधा–आधा केजी बराबरको चाँदी उपहार प्राप्त गरेका छन् । चौथो पुरस्कारतर्फ ८ जनालाई हीराको औँठी तथा अन्य पुरस्कारतर्फ १० जोडीले माउन्टेन फ्लाइटको अवसर पाएका छन् ।
यसैक्रममा लक्की ड्रमार्फत् पहिलो लक्की ड्रमा पुरस्कार जित्न सफल मेची–कोशी क्षेत्रका उपभोक्ता तथा वितरकलाई पनि पुरस्कार वितरण गरिएको छ ।
पहिलो लक्की ड्र पुस २६ गते सार्वजनिक गरिएको थियो । उपभोक्ताबाट ६० जना र बिक्रेताको तर्फबाट ८० जना भाग्यशाली विजेता बनिसकेको कम्पनीले जनाएको छ । दोस्रो भाग्यशालीमा उपभोक्ताको तर्फबाट ३० जना र बिक्रेताको तर्फबाट ४० जना समावेश गरिएको थियो ।
शिवम् सिमेन्टले गत मङ्सिर १८ गतेदेखि ‘शिवम्सँग उपहार टन्न’ नामक नेपालकै सर्वाधिक धनराशिको उपहार योजना सार्वजनिक गरेको थियो । जस अन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन पाउने गरेका थिए । जसमा २ सय रुपैयाँदेखि ५ सय रुपैयाँसम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २ दशमलव ५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सिक्री उपहार राखिएको थियो ।