धरान ३ स्थित विद्याधरी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो१३ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कार्यक्रम संस्थाले नयाँ कार्यसमिति तथा लेखा समिति समेत चयन गरेको छ ।
कार्यसमिति तर्फ संस्थाको अध्यक्षमा नेत्र घिमिरे चयन भएका छन् भने, उपाध्यक्षमा कमल कार्की चयन भएका छन् । त्यसै गरी सदस्यहरूमा पदम बस्नेत, प्रमीला ताम्रकार, दलकुमारी राई, जनक बहादुर कार्की विश्वराम कार्की लगायतका ९ सदस्यीय कार्यसमिति रहेका छन् ।
त्यसै गरी कुमार राईको संयोजकत्वमा कौशिला राई र एनडिस खड्का सदस्य रहेन गरी ३ सदस्यीय नयाँ लेखा समिति चयन गरेको विश्वराम कार्कीले बताए ।
शनिवार धरान ८ स्थित यलम्बर सामुदायिक बनको सभा हलमा सम्पन्न वार्षिक साधारण सभाको अध्यक्षता नेत्र घिमिरेले गरेका थिए भने, कार्यक्रमको प्रमुख अतिथि धरान उपमहानगरपालिका ३ वडाका वडाध्यक्ष विद्या शाक्य रहेका थिए ।