विजयपुर । समृद्धि एकता समाजको अध्यक्षमा राजेन्द्र सुवेदी चयन भएका छन् ।
शनिबार धरान–८ स्थित लाङ्घाली सामुदायिक वनमा सम्पन्न दोस्रो साधारणसभा तथा चौथो वार्षिक उत्सवले सुवेदीको अध्यक्षतामा आगामी ४ वर्षका लागि ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा दिपेन्द्र कार्की, सचिवमा पुण्यप्रसाद गौतम, सह–सचिवमा राम कार्की र कोषाध्यक्षमा उत्तम कार्की चयन भएका छन् ।
समितिको सदस्यहरूमा पवन श्रेष्ठ, पूजा ताम्राकार, समोजकुमार खत्री र योगेन्द्र भट्टराई चयन भएको सचिव गौतमले जानकारी दिए । उनका अनुसार धरानभरिका व्यवसायी, पत्रकार कम्पनीका प्रतिनिधि, शिक्षक तथा अन्य पेसाकर्मीहरूको संस्था हो । २०७४ मा स्थापना भएको संस्थामा १ सय १ जना सदस्य छन् ।