बिर्तामोड । सर्वसाधारणले बचत गरेको लाखौँ रुपैयाँ फिर्ता नगरी झापाको समाजसेवी बहुउद्देश्यीय सहकारी संस्था बन्द भएको छ ।

सहकारीको बिर्तामोड, शनिश्चरे र सुरुङ्गा सेवा केन्द्र (शाखा) बन्द भएको छ भने राजगढ शाखा सञ्चालनमा रहेको संस्थाका पूर्वसचिव उमानाथ प्याकुरेलले जानकारी दिए । ब

चतकर्ताको रकम फिर्ता गर्न नसकेपछि गत दशैंअगि नै संस्थाको सुरुङ्गा र शनिश्चरे शाखा बन्द भएको थियो । प्याकुरेलका अनुसार बिर्तामोड शाखा पनि दशैंलगत्तै बन्द गरिएको हो । संस्थाको शाखा बन्द हुनुमा तरलता अभाव भएको उनले बताए ।

‘लगानीमा रहेको रकम एकैपटक उठ्दैन, संस्थामा भएको रकमबाट केही बचत फिर्ता गरिसकेका छौँ’ प्याकुरेलले भने, ‘अहिले फिर्ता गर्नुपर्ने रकमको अभावमा सेवा केन्द्र बन्द गरेका हौँ ।’ उनले आगामी महिनादेखि संस्थाका सम्पूर्ण सेवा केन्द्र सञ्चालन हुने दाबीसमेत गरे ।

कुल ९० लाख शेयरपुँजी रहेको संस्थामा ४ हजार ३ सय सदस्य छन् । पुस ३० गते साधारणसभा गरेर नयाँ कार्यसमिति चयन भएको समेत उनले बताए । नयाँ समितिमा नन्दकुमार कुँवर अध्यक्ष तथा नारायण कार्की सचिव छानिएका छन् । सहकारीका एकजना बचतकर्ताका अनुसार माघ २९ गतेदेखि सेवा केन्द्र सञ्चालन गर्ने संस्थाको तयारी रहेको छ ।