धरान । सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडको ४११ औं सञ्चालक समितिको बैठकले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललाई नै आगामी ४ वर्षका लागि निरन्तरता दिने निर्णय गरेको छ ।
२०६५ सालदेखि नै दोस्रो वरीयतामा रही बैङ्कमा कार्य सम्पादन गर्दै आएका पोखरेलले बैङ्कको नेतृत्वदायी भूमिका सम्हालेर सफल बनाएको बैङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा बैङ्कले पोखरेलको पहिलो ४ वर्षे कार्यकालमा निक्षेप औषतमा वार्षिक २६.०४ प्रतिशत वृद्धि गरी हाल १६१.४५ रुपैयाँ अर्ब पुगेको, कर्जा औषतमा वार्षिक २३.६२ प्रतिशत वृद्धि गरी हाल १४२.५४ अर्ब र चुक्ता पुँजी १४.२० अर्ब पुगेकोे उल्लेख छ । त्यसैगरी खुद नाफा ४ वर्षमा औषतमा वार्षिक १२.९१ प्रतिशतले वृद्धि भई आ.व. २०७८/७९ मा २ अर्ब पुगेको छ ।