विजयपुर । नेपाल सुन–चाँदी रत्न तथा आभूषण महासङ्घ प्रदेश नं. १ को अध्यक्षमा विषनशाक्य चयन भएका छन् ।
आइतबार सङ्घको धरानमा सम्पन्न प्रथम अधिवेशनले शाक्यको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिका उपाध्यक्षमा राजेन्द्र विश्वकर्मा, महासचिवमा प्रेमबहादुर विश्वकर्मा, सचिव गणेश विश्वकर्मा र कोषाध्यक्ष दुर्गाबहादुर विश्वकर्मा चयन भएका छन् ।
समितिको सदस्यमा टेकबहादुर एङ्देन, गङ्गाराम शङ्कर, रामबहादुर विश्वकर्मा, शङ्कर ल्वागुन, त्रिभुवन घिमिरे, भीमबहादुर विश्वकर्मा, नवीन मेन्याङ्बो, राजनकुमार विक (सुनसरी), लालबहादुर रपाल (पाँचथर), प्रदीप गहतराज (सुनसरी), बालकुमार शङ्कर, गणेश विश्वकर्मा रहेका छन् ।
बाँकी सदस्य भने पछि मनोनित गरिने महासचिव प्रेमबहादुर विश्वकर्माले बताए । अधिवेशनको प्रमुख अतिथि महासङ्घका केन्द्रीय उपाध्यक्ष अमरनाथ गुप्ता रहेका थिए ।