काठमाडौँ । विद्युतीय सामग्रीको शोरुम बिग डिजिटलले नयाँ अफर सार्वजनिक गरेको छ । डिजिटलले जनवरी १५ देखि तीन महिनासम्मको लागि नयाँ अफर ल्याएको हो ।
एनआईसी एसिया बैङ्कका ग्राहकलाई लक्षित गरी डिजिटलले शून्य ब्याजदरमा किस्ताबन्दीमा आइफोनलगायत अन्य फोन, ल्यापटप, वाद्यवादन र घरायसी सामग्रीहरू खरिद गर्न सक्ने गरी नयाँ अफर ल्याएको छ ।
शून्य रुपैयाँ डाउन पेमेन्टमा आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्स खरिद गर्न सकिने जनाएको छ । जसमा ग्राहकले निःशुल्क चार्जर पनि पाउने भएका छन् ।
यो अफर एनआईसी एसिया बैङ्कका ग्राहकले पाउनेछन् । जसका लागि ग्राहकले एनआईसी एसिया बैङ्कको क्रेडिट कार्ड प्रयोग गरेर किस्ताबन्दीमा बिग डिजिटलले बिक्री वितरण गर्ने सम्पूर्ण डिजिटल सामग्रीहरू खरिद गर्न सक्नेछन् । नयाँ अफर बिग डिजिटल भक्तपुरको कमलविनायक र ललितपुरको ग्वार्को शाखामा उपलब्ध छ ।