बिर्तामोड । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ एक्सेल डेभलपमेन्ट बैङ्कको तेस्रो अधिवेशनले गोपाल लोहनीको अध्यक्षतामा नयाँ कमिटी सर्वसम्मत चयन गरेको छ । झापाको बिर्तामोडमा भएको अधिवेशनले लोहनीलाई आगामी चारवर्षे कार्यकालको लागि अध्यक्ष चयन गरेको हो ।

कमिटीको वरिष्ठ उपाध्यक्षमा भागवत ढुङ्गाना चयन भएका छन् । ढुङ्गाना यसअघि कार्यवाहक अध्यक्ष थिए । नवीन सङ्ग्रौला र यामनाथ पौडेल उपाध्यक्ष रहेको नवनिर्वाचित कमिटीमा राजशङ्कर थापा महासचिव रहेका छन् ।

यसैगरी उपमहासचिव राजन ढकाल र कोषाध्यक्ष गजेन्द्र ढकाल नयाँ कमिटीमा आएका छन् । सदस्यहरूमा निशा ओली आचार्य, निरज ढुङ्गाना, चन्दना भण्डारी र तेजप्रकाश न्यौपाने रहेको कमिटीका निवर्तमान उपमहासचिव सरोज खतिवडाले जानकारी दिए । नवनिर्वाचित कमिटीका अध्यक्षले दुई सदस्य मनोनयन गर्ने उनले जानकारी दिए ।