विजयपुर ।  सुनसरी उद्योग वाणिज्य सङ्घको ३९ औँ साधारणसभासम्पन्न भएको छ । साधारणसभामा कोशी राममार्गको धरान सडक खण्डका विषयमा चर्चा भएको छ ।

शनिबार सम्पन्न साधारणसभामा ६ लेन सडकको चर्चा भएको हो । व्यवसायीहरूले धरानको विकास निर्माणका लागि सडक विस्तार अपरिहार्य भएकाले जोगबनी किमाथाङ्का व्यापारी राजमार्ग अन्तर्गत धरान सडक खण्ड चाडो निर्माणका लागि सजहीकरण गर्न माग गरेका छन् । सङ्घका अध्यक्ष विजय श्रेष्ठले धरान नगर प्रमुख हर्कराज राईलाई सडक निर्माण गर्न नसके धरान पछि पर्ने भन्दै सहजीकरण गरी चाँडो निर्माण गर्न माग गरे । नगर प्रमुख राईले सर्वपक्षीय छलफल गराई निष्कर्ष पुग्ने बताए । सङ्घका पूर्व अध्यक्ष सरोज श्रेष्ठले राजमार्ग निर्माणमा ढिलाई गर्नु बताए । उनले ६ लेन सडक निर्माणको विकल्प नभएको बताउँदै स्थानीय सरकारले सहजीकरण गर्नु पर्ने बताए ।

साधारणसभामा जिल्ला समन्वय समिति सुनसरीका अध्यक्ष राजन मेहताले उद्योग व्यवसायीका विगत ५० वर्षदेखिका समस्या हालसम्म पनि विद्यमान रहेको बताए । उनले भने, ‘नेतृत्वको इच्छाशक्ति नभएकाले ५० वर्षका समस्या विद्यमान रहेको हो ।’ उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य उमेश डालमिया विधान संशोधन समितिले लामो समयसम्म पनि प्रतिवेदन नबुझाएको बताए । उनले देशको आर्थिक विकासमा निजी क्षेत्रले निकै महŒवपूर्ण भूमिका निर्वाह गरे पनि राज्यले निजी क्षेत्रका समस्या गम्भीर नबनेको बताए । उनले भने, ‘बैङ्कको अधिकतम् ब्याजले उद्योगी व्यापारीहरू पलायन हुने अवस्थामा पुगेको बताए । उनले भने, ‘ब्याजदर सिङ्गल डिजिजमा नआएसम्म औद्योगिक विकास सम्भव छैन ।’ उनले राजस्वको छापा मार्ने शैली भएको बताए । उनले भने, ‘राजस्व भुक्तान गरिरहेका व्यवसायी पनि छापामार शैलीका कारणले अपमानित हुनु परेको छ ।’ उनले सरकारले नीजि क्षेत्रसँग सहकार्य गर्न नचाहेको बताए ।

सङ्घको साधारणसभामा उद्यागी व्यवसायी सम्मानित भएका छन् । उद्योगीतर्फ सुरेशकुमार शर्मा, वाणिज्यतर्फ राजकुमार अटल सम्मानित भएका छन् । सङ्घले रिलायन्स उद्योगलाई पनि सम्मान गरेको छ । सङ्घले धरानका २ पत्रकारलाई पुरस्कृत गरेको छ । सङ्घले पत्रकार गोविन्द बस्नेत र भैरब आङ्लालाई नगदसहित परस्कृत गरेको हो । साधारणसभामा विभिन्न सङ्घसंस्था, राजनीतिक दललगायतका प्रतिनिधिको उपस्थिति रहेको थियो ।